बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • बडिमालिका
  • पहिरोको जोखिमका बिच बाजुरामा बिधुत प्राधिकरणको सब सबस्टेशन बन्दै

पहिरोको जोखिमका बिच बाजुरामा बिधुत प्राधिकरणको सब सबस्टेशन बन्दै

  • सोमवार, साउन ११, २०७८
पहिरोको जोखिमका बिच बाजुरामा बिधुत प्राधिकरणको सब सबस्टेशन बन्दै

बाजुरा–बाजुराको सदरमुकाम मार्तडी निर्माण हुन लागेको बिधुत प्राधिकरणको सबस्टेशन पहिरोको जोखिमका बिच निर्माण शुरु भइरहेको छ । बिधुत प्राधिकरण प्रादेशिक कार्यलय अत्तरीया बाट निर्माण हुन लागेको ३३ केभी प्रसारण लाइन तथा सबस्टेशन नै पहिरोको जोखिमका बिच निर्माण भइरहेको छ ।
बडिमालिका नगरपालिका ९ मा निर्माण हुन लागेको सबस्टेशन चारैतिर बाट पहिरोको जोखिममा निर्माण भइरहेको छ । तलतिर बाट बाहुली खोलाले कटान गरिरहेको छ । छेउमा र माथि बाट पहिरो आइरहेको छ, ठाउँ नै जोखिम रहेको स्थानियले वताए । ३३ केभी प्रसारण लाइन तथा सबस्टेशन निर्माण हुदा वाताबरणीय प्रभाब मुल्याकंन तथा बाढीपहिरोको जोखिमता अध्ययन नगरेर नै निर्माण कार्य शुरु भइरहेको छ ।
साँफे मार्तडी ३३ केभी प्रसारण लाइन तथा सबस्टेशसन आयोजना निर्माण कार्य शुरु भइरहेको बिधुत प्राधिकरण शुदुरपश्चिम प्रादेशिक कार्यलय अत्तरीयाका प्रमुख जगदीश चन्द्र जोशीले वताएका छन् । सबस्टेशन निर्माणका लागि ९ करोड ६९ लाख १५ हजार ८ सय ९५ रुपैया ३८ पैसामा ठेक्का निकालेको थियो । वाइबा ईन्फ्राटेक प्रालि बिजेश्वरी काठमाडौले ९ करोड ४५ लाख ५५ हजार ७ सय ९७ रुपैया ३२ पैसामा सम्झौता गरेर काम अगाडि बढाएको छ ।
२०७७ साउन १२ गते निर्माण कम्पनि र कार्यलय बिच सम्झौता भएको थियो । सम्झौता भएको मिति बाट १८ महिना महिनामा काम सम्पन्न गरिसक्ने रहेको छ । सबस्टेशनको फाउन्डेसन निर्माण भइरहेको छ । शुदुरपश्चिम प्रादेशिक कार्यालय अत्तरीयाका प्रमुख जोशीले स्टेशन निर्माण हुन लागेको ठाँउ त्यति जोखिम नरहेको वताए । एकछेउमा पहिरो गएको सुनिन आएको छ, त्यसले कुनै असर नगर्ने वताए । नगरपालिकाले जग्गा त्यहि ठाँउमा दिएकोले त्यहि निर्माण हुन लागेको वताए ।
ठुला आयोजना निर्माण गर्दा वाताबरण प्रभाब मुल्याकंन गरिनुपर्ने हुन्छ । तर यो सबस्टेशनमा भने वाताबरण प्रभाब मुल्याकंन आबश्यक नरहेको बिधुत प्राधिकरणले वताएको छ । गौमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले भने निर्माण चरणमै पहिरोको उच्च जोखिममा रहेको छ, सबस्टेशन निर्माण नै पहिरोको जोखिमका बिच हुन लागेको रोकायाले वताए । सम्बन्धित निकायको मौनताले रहेको उनको भनाइ रहेको छ ।
बडिमालिका नगरपालिका नगरप्रमुख पदम बडुवालले भने धेरै ठाउँमा जग्गा खोज्यौ, उपयुक्त ठाउँ यहि भएकोले यतै निर्माणका लागि जग्गा ब्यबस्थापन गरेको वताए । ठुलो जोखिमता नहोला, प्राधिकरणले पनि ठाउँ ठिक छ भनेर निर्माण प्रक्रिया अगाडि बढाएको हो, बडुवालले थपे । निमित्त प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले भने यो बारेमा प्रशासनमा कुनै जानकारी नभएको वताएका छन् । बिधुत प्राधिकरणको केन्द्रिय प्रशारण लाइन बुढिगंगा नगरपालिकाको केही वडाहरुमा पुुगेको छ, सदरमुकाम मार्तडीमा भने अहिले सम्म पुग्न सकेको छैन् । ।

चर्चामा

सम्बन्धित समाचार