शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • जहाँ बिहे अगाडि बेहुला बेहुलीलाई कुहिएका गोलभेँडा र अण्डाले हानिन्छ

जहाँ बिहे अगाडि बेहुला बेहुलीलाई कुहिएका गोलभेँडा र अण्डाले हानिन्छ

  • सोमवार, साउन ११, २०७८
जहाँ बिहे अगाडि बेहुला बेहुलीलाई कुहिएका गोलभेँडा र अण्डाले हानिन्छ

विवाह यस्तो समारोह हो जसबाट दुईजना व्यक्ति तथा दुईजना परिवार एक अर्कोसँग जोडिन्छन् । संसारमा देश, ठाउँ तथा समुदायपिच्छे बिहेका फरक-फरक परम्पराहरु रहिआएका छन् । हरेक धर्मको पनि आफ्नै फरक रितिरिवाज हुन्छ, जसलाई मानिसहरुले पालना गरेका हुन्छन् । कतिपय परम्परा तथा संस्कारहरु निकै अनौठा खालका पनि हुन्छन् ।

हामीकहाँ बिहे अगाडि बेहुला बेहुलीको अनुहारमा चमक ल्याउन, जीउ सुन्दर बनाउनका लागि बेसार तथा चन्दन लेपन गर्ने, दूधले नुहाउनेदेखि मेहेन्दी लगाउने लगायतका अनेक खालका उपाय अपनाइन्छ । तर एउटा यस्तो देश छ जहाँ बिहे अगाडि बेहुला बेहुलीमाथि कुहेका गोलभेँडा, बिग्रिएका अण्डा, कुहिएका माछालगायतका फोहोर र दुर्गन्धित चिजहरु फ्याँकिन्छ ।

सुन्दा नै अत्याचार जस्तो लाग्ने यस्तो परम्परा स्कटल्याण्डमा रहेको छ । स्कटल्याण्डको ग्लास्गोलगायतका कतिपय क्षेत्रमा प्रचलित एक परम्परागत बिहे संस्कार अनुसार हुनेवाला बेहुला बेहुलीलाई सबैभन्दा पहिले एउटा रुखमा बाँधिन्छ । त्यसपछि उनीहरुको शरीरमाथि चकलेटको सिरप, दूध, पिठो, कुहिएका अण्डा, कुहिएका टमाटर तथा कुहिएका माछालगायतका वस्तुहरु खन्याइन्छ । ्

यस्तो असहज लाग्ने परम्परा निभाउनुका पछाडि मानिसहरुमा एउटा आस्था तथा मान्यताले काम गरेको छ । बेहुला बेहुलीलाई बिहे अगाडि यसरी बाँधेर दुर्गन्धित वस्तुले हिर्काएमा उनीहरुलाई खराब शक्तिबाट बचाउन सकिने विश्वास छ । यदि उनीहरुले बिहे अगाडि नै ती सबै दुर्गन्धित चिजहरुको प्रहारको सामना गर्न सकेमा उनीहरुले भविष्यमा जीवनका सबै चुनौतीहरुको सजिलैसँग सामना गरी आफूलाई सम्हाल्न सक्दछन् भन्ने मान्यता पनि रहेको छ । द ब्लाकेनिंग भनिने यो परम्परा पछिल्लो समयमा युवाहरुमाझ लोकपि्रय बन्दै गएको छ ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार