• होमपेज
  • समाचार
  • पाल्पामा एक पुरुषको हिँड्दा हिँड्दै ढलेर मृत्यु

पाल्पामा एक पुरुषको हिँड्दा हिँड्दै ढलेर मृत्यु

  • आइतवार, साउन १०, २०७८
पाल्पामा एक पुरुषको हिँड्दा हिँड्दै ढलेर मृत्यु

शनिवार दिउँसो बाटोमा हिँड्दा हिँड्दै ढलेर बेहोस भएका पाल्पाका एक पुरुषको गएराति मृत्यु भएको छ ।

रैनादेवी छहरा गाउँपालिका–३ अमिलेका ४८ बर्षीय जितबहादुर आले शनिवार दिउँसो २ बजे घरबाट भैंसी किन्न हिँडेका थिए ।

घरबाट निस्किएको केही समयमा नै अमिले गाउँकै दोबाटो भन्ने स्थानमा पुगेपछि बाटोमा ढलेर बेहोस भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पाल्पा लगिएको थियो । गएराति उनको मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार