• होमपेज
  • समाचार
  • युवा जनमत संघको२१ सदस्य समिति गठन सम्पन्न ।

युवा जनमत संघको२१ सदस्य समिति गठन सम्पन्न ।

  • आइतवार, साउन १०, २०७८
युवा जनमत संघको२१ सदस्य समिति गठन सम्पन्न ।

मेवालाल यादव, रौतहट / साउन ९ गते — आज रौतहट जिल्लाको गौरमा जनमत पार्टीको युवा जनमत संघ जिल्ला परिचालन समिति गठन गरिएको छ ।युवा जनमत संघको जिल्ला संयोजक ज्वाला रानबिर ( विवेक कुमार झा)को अध्यक्षमा आज युवा जनमत संघको २१ सदस्य समिति चयन गरिएको छ ।जनमत पार्टीको जिल्ला अध्यक्ष रामेश्वर प्रसाद यादवको प्रमुख अतिथिमा युवा जनमत संघ गठन गरिएको हो।युवा जनमत संघको जिल्ला अध्यक्षमा ज्वाला रान्बिर उर्फ विवेक झा , उपाध्यक्ष शिव पुजन यादव सचीव पपु यादव सहित २१ सदस्य गठन गरिएको छ ।जनमत पार्टीको जिल्ला सचीव बिकास कुमार यादवले आफ्नो पार्टीको बारेमा र युवा जनमत संघको गठन सम्बन्धि विभिन्न कुरा र आफ्नो जनता सेवाको उदेश्यले गठन गर्नु भएको हो।सो युवा जनमत संघको कार्यक्रममा जनमत पार्टीको केन्द्रिय सदस्य तथा प्रकाशन बिभागको प्रमुख ललित मालिक सानू , पत्रकार जनमत संघको जिल्ला अध्यक्ष मेवालाल यादव, सह सचीव चन्दन कुमार महतो सहित जनमत पार्टीको सयौं कार्याकर्ताहरुको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार