• होमपेज
  • समाचार
  • बारामा जनमत पार्टीमा प्रवेशको लहर मधेशमा जनमत पार्टीको विकल्प नरहेको नेता विजय गुप्ता द्वारा ठोकुवा

बारामा जनमत पार्टीमा प्रवेशको लहर मधेशमा जनमत पार्टीको विकल्प नरहेको नेता विजय गुप्ता द्वारा ठोकुवा

  • आइतवार, साउन १०, २०७८
बारामा जनमत पार्टीमा प्रवेशको लहर मधेशमा जनमत पार्टीको विकल्प नरहेको नेता विजय गुप्ता द्वारा ठोकुवा

श्रावण १० बारा संवाददाता, — बारा को आदर्श-कोतवाल गाउँपालिका वडा नं. ०४ ईनर्वामा जनमत पार्टीको वडा अध्यक्ष समशुदिन मियाँ को अध्यक्षतामा र जनमत पार्टी बाराको जिल्ला सचिव विजय गुप्ता को प्रमुख आथित्यमा हिजो सम्पन्न पार्टी प्रवेश कार्यक्रमा दुई दर्जन भन्दा बढी प्रभावशाली स्थानीय युवा नेता कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छन । हिजो सम्पन्न कार्यक्रममा जनमत पार्टीमा प्रवेश गर्नेहरुमा क्रमश: शेख अनशारुल,जमालुदिन खाँन,शेख भरदुल,हसमुल्लाह खान पैठान,फौलाज खान पैठान,शेख अकबर अलि,शेख अब्दुल,रुस्तम खान,शेख मुस्ताक,छोटे खाँन,अमजद खाँन,शेख मोजाहिर,फुलमहमद,शेख ईम्तियाज,शेख जुनैद,शेख रहुप आलम,शेख ओजाहिर,शिवदयाल राम,दिलकुमार यादव,शेख सफ्रुल्लाह,उमेश प्रसाद गुप्ता र शेख म‍‍ोजाहिर मियाँ लगायत दुई दर्जन भन्दा बढी स्थानीय नेता कार्यकर्ता र समाजसेवी रहेका छन । नव प्रेवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि जनमत पार्टी बारा का जिल्ला सचिव विजय गुप्ताले अबिर टिक्का लगाई जनमत पार्टीमा स्वागत गरेका छन । गुप्ताले उक्त पार्टी प्रवेश कार्यक्रममा आफ्नो मन्तव्य राख्दै मधेशको अन्तिम विकल्प तथा मधेशलाई गुलामीको जंजिरबाट मुक्ति दिलाउने एक मात्र पार्टी जनमत पार्टी नै रहेको ठोकुवा गर्नु भयो । साथै जनमत पार्टी भिजन वाला नेतृत्वको पार्टी भएकोले जनमत पार्टीले मात्र मधेशको सम्पुर्ण अधिकारसहित मधेशमा शिक्षा, स्वास्थ ,कृषि,बास,गाँस,कपास र एक घर एक रोजगारको व्यवस्था गराउने समेत ठोकुवा गर्नु भयो । मधेशको कथित मधेशबादी दल जसपा मधेसी जनताको रगत चुसेर सत्तामा रमाउने, काँग्रेस कम्युनिष्टहरू खोर मधेशबिरोधी रहेको र यी सबै पुराना पार्टीहरू भ्रष्टाचार र गुण्डागर्दीमा चुर्लुम्म डुबेको जिकिर गर्नु भय‍ो ।आदर्शकोतवाल गाउँपालिकामा रहेका जनतासँग प्रत्यक्ष सरोकारका विषय जस्तै- शिक्षा,स्वास्थ्य र कृषि सँग समबन्धित विभिन्न समस्याहरुको सामाधानका लागि गाउँपालिका समक्ष कडा भन्दा कडा कदम चाल्न पनि जनमत पार्टी पछि नहटने गाउँपालिका अध्यक्ष तथा हाकिमदेखि कर्मचारीलाई अहलेदेखि नै सच्चिन प्रमुख अतिथि जिल्ला सचिव गुप्ताले चेतावनी समेत दिनु भय‍ो ।

चर्चामा

सम्बन्धित समाचार