• होमपेज
  • समाचार
  • पूर्वमन्त्री गिरीद्धारा तुलसीपुर डान्स स्कुलको उदघाटन कृष्ण अधिकारी

पूर्वमन्त्री गिरीद्धारा तुलसीपुर डान्स स्कुलको उदघाटन कृष्ण अधिकारी

  • आइतवार, साउन १०, २०७८
पूर्वमन्त्री गिरीद्धारा तुलसीपुर डान्स स्कुलको उदघाटन कृष्ण अधिकारी

 दाङ / ९ श्रावण २०७८ —  शनिबार पूर्व सिचाई मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले तुलसीपुर डान्स स्कुलको उदघाटन गुर्न भएको छ । आज एक कार्यक्रमका विच नेता गिरीले तुलसीपुर डान्स स्कुलको उदघाटन गुर्न भएको हो । तुलसीपुर डान्स स्कुलको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेता गिरीले मानिस भित्र रहेको कलालाई वाहिर ल्याउनु पर्ने बताउनुभयो । कला माध्यमबाट आफूलाई मात्र नभएर देशको गौरभ हुने काम समेत गर्न सकिने नेता गिरीको भनाई छ । तुलसीपुरमा डान्समा चासो राख्ने युवाहरुका लागि डान्स प्रशिक्षणको रुपमा तुलसीपुर डान्स स्कुल सञ्चालन ल्याएको छ । तुलसीपुर डान्स स्कुलको सञ्चालक समिति पनि चयन गरिएको छ । जसको अध्यक्षमा जागेश्वर वली, उपाध्यक्ष नविन वली, कोषाध्यक्षमा एस.वि. वली रहेका छन् । सदस्यहरुमा प्रकाश केसी, मदन मुस्कान, एचआर मगर, अर्जुन रोका मगर, सुरेश केसी, विष्णु सुनार रहेका छन् । यसैगरी सल्लाहकारहरुमा सनोद थापा, दिपेश गुप्ता रहेका छन् भने प्रेस सल्लाहकारमा कृष्ण अधिकारी चयन भएका छन् । सो अवसरमा तुलसीपुर डान्स स्कुलको कोरोना अवधिभरको भाडा घरवेटी महालक्ष्मी अफसेट प्रेसका प्रोपाइटर समेत रहेका सालिकराम बस्नेतले करिब ३० हजार छुट गरेको घोषणा गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार