• होमपेज
  • समाचार
  • पहिरोको जोखिममा मना गाउँ स्थानीय त्रसित

पहिरोको जोखिममा मना गाउँ स्थानीय त्रसित

  • शनिबार, साउन ९, २०७८
पहिरोको जोखिममा मना गाउँ स्थानीय त्रसित

राजेन्द्र बिक बाजुरा,९साउन — बडिमालिका नगरपालिका वडा नम्बर -५ स्थित मना गाउँ पहिरोको उच्च जोखिममा परेको छ।हिजो राती आएको अबिरल बर्षाले घर को आगन भासिन थालेपछी मना गाउँ पहिरोको उच्च जोखिममा परेको वडा अध्यक्ष बलबहादुर थापाले बताउनु भएको छ।हिजो राती १२ बजे तिर आएको अबिरल बर्षाले पश्चिम् नमुना टोल,शितल टोल,रोटि सल्लेडी टोल ,चौतारा टोल,र बांउकुडा टोल ,रुघाखोचा गरि सबै बस्ती पहिरो को जोखिममा परेका वडा अध्यक्ष थापाले बताए।बर्षाका कारण पहिरो खस्दा रोपाइ गरिसकेका खेतहरुमा समेत ठूलो क्षति पुर्याए पछि स्थानीय पिडामा परेका छन्।आफ्नो घर पछडिको पुरै वाल भत्केपछी रातभरी तनाबका कारण सुत्न समेत नसकेको स्थानिय बुदे ल्वार ले गुनासो पोखेका छन्।ठाउँ -ठाउँमा जमिन भांसिएकाले जतिखेर पनि पहिरो गइ क्षति पुग्न सक्छकी भन्ने चिन्ताले गाउँनै त्रसित बनेको छ अर्का स्थानिय लछिराम साउंदले भने।वडा कार्यालयको सभाहल पछाडी पहिरो गएपछी सबैभन्दा बढी पश्चिम् नमुना टोल जोखिममा रहेको पाइएको छ।जोखिम ब्यबस्थापनका लागि वडा कार्यालयको तर्फ बाट आवश्यक समन्वय सहित पहलको काम आफुहरुले गरिरहेको वडा अध्यक्ष बलबहादुर थापाले बताउनु भएको छ।अविरल बर्षाले गर्दा बाजुराका अरु विभिन्न ठाउँमा समेत जोखिम बढेको र बालिनाली नष्ट गरेको बताइएको छ।

चर्चामा

सम्बन्धित समाचार