शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • जनमत पार्टी सचिव यादवले गरे वडा अध्यक्षकाे कारबाहीको माग

जनमत पार्टी सचिव यादवले गरे वडा अध्यक्षकाे कारबाहीको माग

  • बिहिबार, साउन ७, २०७८
जनमत पार्टी सचिव  यादवले गरे वडा अध्यक्षकाे कारबाहीको माग

मेवालाल यादव– रौतहटको माधवनारायण नपा -४ विसुनपुर्वा मानपुरका नेकपा माओवादी पार्टी बाट निर्वाचित वडा अध्यक्ष राम देनि मुखिया र उनको छोरा राम कलेवर मुखियाले स्थानीय रामलगन भगत माली सहित स्थानीयलाई भोट नदिएको भन्दै कुटपिट गरेका छन् ।

चुनाबमा भोट नदिएको भन्दै चुनाव जिते देखि अहिले सम्म वडा अध्यक्ष र उनका आसेपासेहरुले विभिन्न बहाना बनाउदै स्थानीयलाई कुटपिट गर्दै तथा ब्यक्तीगत रिसिबी साध्दै आएको स्थानीय समेतको आरोप छ ।

पीडित स्थानीयको न्याय दिलाउन जनमत पार्टी रौतहट का जिल्ला सचिव एवं युवा नेता बिकास कुमार यादवले सम्बन्धित निकाय संग वडा अध्यक्ष मुखिया माथी कारबाहीको माग गरेका छन् ।

यस्ता गुण्डा प्रवृत्तिका जनप्रतिनिधिहरूले नै छोटे राजा का रूपमा देशमा जंगल राजा चलाएका छन्। चुनावका बेला जनताको सेवा गर्छु, राम्रा काम गर्ने बचन गर्छन तर यहाँ त जंगल राज चलाएका छन् । यस्ता सबै गुण्डा र भ्रष्टाचारीहरूलाई सामाजिक बहिष्कार गर्नुपर्छ नेता यादवले बताए ।

चर्चामा

सम्बन्धित समाचार