बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराको एटुजेट कम्प्युटर सेन्टरमा बिद्यार्थीको चाप

बाजुराको एटुजेट कम्प्युटर सेन्टरमा बिद्यार्थीको चाप

  • बुधबार, साउन ६, २०७८
बाजुराको एटुजेट कम्प्युटर सेन्टरमा बिद्यार्थीको चाप

बाजुरा — बाजुराको एटुजेट कम्प्युटर सेन्टरमा कम्प्युटर पढ्ने बिद्याथीहरुको संख्या बढेको छ । एटुजेट कम्प्युटर सेन्टरमा अनुृभवी शिक्षकहरुबाट पढाई हुने भएपछि बिद्यार्थीको संख्या बढेको हो । शिक्षक निसान्त बडुवालले भारतको पञ्जावबाट चार बर्ष अनुभवि कम्प्युटर शिक्षकबाट बिद्यार्थीलाई चार बर्ष सम्म आफ्नै ठाउँमा कम्प्युटर सिकाउदै आएको बताए्रका छन ।
बडुवाल भारतको पञ्जावबाट चार बर्ष अध्ययन गर्दै आएर आफ्नै ठाउँमा केहि गर्नुपर्छ भन्ने उदेश्यले उनले कम्प्ुटर सेन्टर खोलेको बताएका छन । आफुले बाहिर देशमा गएर अध्ययन गरे जस्तै आम नेपाली नागरिकहरुले पनि आफुजस्तै बाहिरिनु नपरोस भनेर उनले आफुले अध्ययन गरेको ज्ञान दिएर दक्ष जनशक्ती तयार गर्ने बताएका छन । सबैले जान्नुपर्छ र जान्ने बनाउने नै छु भन्ने उदेश्यमा कम्प्युटर सेन्टर स्थापना गरेको बताएका छन ।
कम्प्युटर पढ्नेहरुकोे लागि भने चारबर्ष देखि सेवा गर्दै आएका बडुवालले घरायसि स्थीतिका कारण पढ्ननपाएका बिद्यार्थीर्ला पनि केहि छुटका साथ निसुल्क सेवामा पनि पढाउँदै आएको बताएका छन । अझै पनि आर्थिक स्थीति कमजोर भएर घरमै बेरोजगार बसेका ब्यक्तिलाई समेत केहि कोर्ष फिस छुट गरेर कम्प्युटर पढ्ने अवसर दिने बडुवालले जानकारी दिएका छन ।
एटुजेट कम्प्युटर सेन्टरमा लकडाउनमा घरमै बसेका बिद्याथीहरुले लकडाउन खुल्ने बित्तिकै एटुजेट कम्प्युटर सेन्टरमा कम्प्युृटर बिद्यार्थीहरुको चाप बढेको कम्प्युटर सेन्टरका शिक्षक निशान्त बडुवालले बताएका छन । अहिले जिल्लामा सबै भन्दा बढि एटुजेट कम्पुटर सेन्टरमा बिद्यार्थीको चाप हुने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार