• होमपेज
  • राजनीति
  • बाजुराकाे हिमाली गाउँपालिका ७ मा काङ्ग्रेस टोल कार्यसमिति गठन

बाजुराकाे हिमाली गाउँपालिका ७ मा काङ्ग्रेस टोल कार्यसमिति गठन

  • मङ्लबार, साउन ५, २०७८
बाजुराकाे हिमाली गाउँपालिका ७ मा काङ्ग्रेस टोल कार्यसमिति गठन

बाजुरा  — बाजुरा जिल्ला हिमाली गाउँपालिका वडा नं ७ बाँधु माथिल्लो गाउँमा नेपाली काग्रेसकाे टोल कार्यसमिति गठन गरिएको छ । नेपाली काङ्ग्रेसको भदौ १६ देखि १९ मा हुने केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै देशैभर काङ्ग्रेस महाधिवेशनमा जुटिरहेको बेला टाेल समिति गठन गरिएकाे हाे  । बाँधु वडा कार्यसमिति सभापति दिपचन्द्र उपाध्यायको अध्यक्षतामा बसेको बैठकले नरदिप तिमिल्सिना सभापति रहने गरी काङ्ग्रेसको बिधान अनुसार १५ सदस्यीय टोल कार्यसमिति गठन गरिएको यमराज तिमिल्सेनाले बताएका छन । आमन्त्रित जिल्ला कार्यसमिति सदस्य कपुर अधिकारी, आमन्त्रित जिल्ला कार्यसमिति सदस्य काली प्रसाद तिमिल्सिना र महिला संघ जिल्ला कार्यसमिति सदस्य दानादेवी उपाध्यायको समेत उपस्थिति रहेको हाम्रो बडिमालिका खवरलाई जानकारी प्राप्त भएको छ ।
कार्यसमिति सदस्य नामावली सहित
सभापति: नरदिप तिमिल्सिना
उपसभापति: विष्णुदेवी उपाध्याय
उपसभापति: रत्नाखर उपाध्याय
सचिव: प्रेमबहादुर अधिकारी
सचिव: विष्णुप्रसाद तिमिल्सिना
कोषाध्यक्ष: पन्दा बोल्ने
सदस्य: मीम बहादुर शाही
” रमा उपाध्याय
” जवरसिं कार्की
” लक्ष्मी खत्री
” कला तिमिल्सिना
” खडक उपाध्याय
” नन्दा तिमिल्सिना
” पूर्व सार्की
” गंगादत्त तिमिल्सिना

चर्चामा

सम्बन्धित समाचार