शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • त्रिवेणी
  • बाजुरा काङ्ग्रेसमा संस्थापक पक्षको बिजयको बलियो आधार

बाजुरा काङ्ग्रेसमा संस्थापक पक्षको बिजयको बलियो आधार

  • मङ्लबार, साउन ५, २०७८
बाजुरा काङ्ग्रेसमा संस्थापक पक्षको बिजयको बलियो आधार

बाजुरा — बाजुरामा नेपाली काँग्रेसको १४ औँ महाँधिवेशन तथा ७ औँ जिल्ला अधिवेशन नजिकिदै गर्दा बाजुरामा भने संस्थापक र प्रजातान्त्रिक काँग्रेस बिच गुट उपगुटको अंक गणीतिय खेल चलिरहेको छ । बाजुरामा प्रजातान्त्रिक काँग्रेसका नेता तथा कार्यक्रता ४० प्रतिशत रहेका छन् भने संस्थापक पक्ष ६० प्रतिशत रहेको अंक गणितिय हिसाबले देखाउछ । बाजुरामा सस्थापन पक्ष बाट ७ औ जिल्ला अधिवेशनको उम्मेदवारी नेपाली काँग्रेसका बरीस्ठ नेता रामसिंह रावलले घोषणा गरी सकेका छन् ।

उहाँको टिमको बलियो सम्भावना छ।काङ्ग्रेस केन्द्रिय सदस्य बद्री पाण्डे ,काङ्ग्रेस प्रभावशाली नेता,पुर्व मन्त्री जनकराज गिरि ,पुर्व पार्टी सभापति मान बहादुर रावलको तर्फ बाट पार्टी सभापतिमा रामसिंह रावल एकल उम्मेदवार हुने पक्का देखिन्छ भने प्रजातान्त्रिक काङ्ग्रेसमा पुर्व पार्टी सभापति देवराज जोशिका तर्फबाट निवर्तमान पार्टी सभापति कबिराज पन्डित पनि दोहोरिने आकलन गरेका छन् भने काङ्ग्रेसका नेताहरु महाँ नेपाली,धनराज पण्डित ,पदम शाही लगायतले आ–आफ्नो उम्मेदवारी रहेको घोषणा गर्दै आएका छन् ।

नेपाली काङ्ग्रेस बाजुरामा संस्थापक पक्षका नेताहरुको बलियो पकड देखीएको छ।केन्द्रिय सदस्य बद्री पाण्डे,पुर्व मन्त्री जनकराज गीरी,पुर्व पार्टी सभापति मान बहादुर रावल,महासमिति सदस्य जुना दानि लगायतका नेताहरू बाट एकल उम्मेदवार को रुपमा रावल रहेका छ्न। अधिबेशन को पुर्ब सन्ध्या मा बाजुरा जिल्ला को विभिन्न स्थानिय तह का नेता तथ कार्यकर्ता भेटघाट गर्ने क्रम मा पनि सबै ले यो पटक लाई पार्टि संगठन बलियो बनाउने र समग्र युवा हरु लाई समेट्न सक्ने उच्च छवि र निस्टा को राजनिती गर्दै आउनु भयका रामसिंह रावल लाई नै साथ र सहयोग रहने बताएका छन । त्यसैले पनि रावल यसपटको को 7 औ जिल्लअधिबेशन मा सभापति मा सर्बसम्मत नभय निर्बाचन भयर पनि सभापति हुने पक्का पक्कि भयको छ।

चर्चामा

सम्बन्धित समाचार