बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विचित्र संसार
  • ९१ घण्टामा १०७ बच्चा जन्माएर अमेरिकी अस्पतालले राख्यो कीर्तिमान

९१ घण्टामा १०७ बच्चा जन्माएर अमेरिकी अस्पतालले राख्यो कीर्तिमान

  • मङ्लबार, साउन ५, २०७८
९१ घण्टामा १०७ बच्चा जन्माएर अमेरिकी अस्पतालले राख्यो कीर्तिमान

अमेरिकाको टेक्सासस्थित एक महिला अस्पतालमा छोटो समयमा धेरै बच्चा जन्मिने कीर्तिमान कायम भएको छ । द एन्ड्रयू वुमन हस्पिटलमा गत जुन २४ देखि २८ को कुल ९१ घण्टाको बीचमा १०७ जना बच्चा जन्मिएका हुन् । उक्त अस्पतालमा यसअघि हरेक दिन औसतमा १६ जना बच्चा जन्मिने गरेकोमा सो चार दिनमा १०७ बच्चा जन्मिए ।

त्यसमध्ये जुन २४ पछि ४७ घण्टाभित्रमा ५२ जना बच्चा जन्मिएका थिए । त्यस्तै जुन २८ मा ४४ घण्टाको बीचमा थप ५५ जना बच्चा जन्मिए ।अमेरिकाको टेक्सासमा रहेको निकै चर्चित प्रसूति अस्पतालको रुपमा रहेको सो अस्पतालमा बेलाबेलामा एकैदिनमा धेरै बच्चा जन्मिने गरेको भए पनि यतिधेरै बच्चा जन्मिएका थिएनन् ।

अस्पतालका अधिकारीहरुका अनुसार महामारीको लकडाउनका कारण गर्भवती हुने दरमा वृद्धि हुँदा अस्पतालमा बच्चा जन्मिने क्रममा पनि बढोत्तरी भएको हो । अस्पतालकी प्रसूति नर्स मिचेल स्टेम्लीका अनुसार पोहोरको क्वारेन्टाइनको अवधिलाई हेर्दा गत डिसेम्बर वा जनवरी ताका अत्यधिक बच्चा जन्मिने अनुमान गरिएको थियो । तर त्यतिबेला बच्चा जन्मिने क्रममा खासै वृद्धि भएन जुन अहिले आएर देखिएको छ ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार