• होमपेज
  • समाचार
  • कान्तिपुर समाचारमा न्यूज छापिएपछि जानकी नेपालीलाई आर्थिक सहयोग

कान्तिपुर समाचारमा न्यूज छापिएपछि जानकी नेपालीलाई आर्थिक सहयोग

  • मङ्लबार, साउन ५, २०७८
कान्तिपुर समाचारमा न्यूज छापिएपछि जानकी नेपालीलाई आर्थिक सहयोग

अर्थ जङ्ग शाही/बझाङ्ग — श्रृङखलाबद्द यातनाको शिकार महिलालाई सहयोग जुट्न थालेको छ । जयपृथ्वी नगरपालिका वडा नं. १, भण्डारकी जानकी नेपालीमाथी श्रीमानले गरेको ज्याददी र अन्यायले लगातार हिंसाको सिकार भइरहेकी नेपालीलाई विभिन्न ब्यक्तिहरुले सहयोग गर्न थालेका छन् ।

श्रीमानबाट श्रृङखलाबद्ध हिंसाको सिकार भन्ने समाचार बाहिरीएपछी पिडित नेपालीलाई सर्वाेच्च अदालतका पुर्व न्यायधिस बलराम केसीले रु ३० हजार सहयोग गर्नुभएको छ ।

नेपाली माथी श्रीमानले हिंसा गर्ने गरेको समाचार पढेपछी आफुले जानकी नेपालीका लागी सानो सहयोग गरेको पूर्व न्यायधिस केसीले बताउनु भएको छ । यस्तै काठमाण्डौ धुम्वाराही निवासी महेस पाण्डेले पनि नेपालीका लागी भन्दै रु. २५ हजार सहयोग गर्नु भएको छ । नेपालीलाई पुनः स्थापना गर्नका लागी सहयोग पुगोस् भन्ने उदेश्यले आफुले सक्ने सहयोग गरेको पाण्डेले बताउनु भयो ।

गएको असार ३० गते मदिरा सेवन गरी मनोज नेपालीले आफ्नै श्रीमतीलाई कुटपिट गर्दै कान काटेका थिए । कुटपिट गर्ने नेपालीका विरुद्ध अहिले जिल्ला प्रहरी कार्यालय बझाङमा ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको छ । भने, मानसिक रुपमा निकै विक्षिप्त देखिएकी जानकीलाई जिल्लामा रहेको अल्पकालिन सुरक्षित आभास गृहमा राखेर मनो सामाजिक परामर्ष दिइरहेको आभाष गृह प्रमुख गिता शाहीले जानकारी दिनु भएको छ ।

चर्चामा

सम्बन्धित समाचार