• होमपेज
  • समाज
  • बाजुराको दुर्गम बिच्छँया बाट गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

बाजुराको दुर्गम बिच्छँया बाट गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

  • सोमवार, साउन ४, २०७८
बाजुराको दुर्गम बिच्छँया बाट गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार
फाइल फाेटाे

बाजुरा–बाजुराको हिमाली गाउँपालिका १ बाट गर्भवती महिलाको सोमबार उद्धार गरिएको छ । सुत्केरी ब्यथा लागेकि वडा नम्बर १ कि ३५ बर्षिय पदमकला थापालाई हेलिकप्टर बाट उद्धार गरेर सुर्खेत लगेको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले वताएका छन् ।
पदमकलालाई सुत्केरी ब्यथा लाग्ने बित्तिकै बिच्छँया स्वास्थ्य चौकी लगेका थिए । बच्चाको उल्टो रहेको स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसक्ने भएपछि जिल्ला प्रशासन कार्यलय बाजुराका पहलमा हेलिकप्टर बाट उद्धार गरेर सुर्खेत पठाएको हो । राष्ट्रपति उद्धार कार्यक्रम अन्तर्गत निशुल्क हवाइ उद्धार गरेको हो । बाजुरामा जटिल गर्भवती महिलालाई हेलिकप्टर बाट हवाई उद्धार गर्ने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार