बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश २
  • वन कार्यालयले जग्गा संरक्षण नगरेको भन्दै सिरहामा प्रदर्शन, दुई जना पक्राउ

वन कार्यालयले जग्गा संरक्षण नगरेको भन्दै सिरहामा प्रदर्शन, दुई जना पक्राउ

  • सोमवार, साउन ४, २०७८
वन कार्यालयले जग्गा संरक्षण नगरेको भन्दै सिरहामा प्रदर्शन, दुई जना पक्राउ

वन कार्यालयले जग्गा संरक्षण नगरेको भन्दै सिरहामा प्रदर्शन, दुई जना पक्राउ गरेको हो। डिभिजन वन कार्यालय लहानले विरुवा खरिदको नाममा व्यापक अनियमितता गरेको र वनका जग्गा संरक्षणमा मौन बसेको भन्दै लहानमा प्रदर्शन भएको छ ।
चुरे तथा वन जंगल अभियन्ताहरूले डिभिजन वन कार्यालयको परिसरमै पुगेर प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा प्रहरीले दुई प्रदर्शनकारीलाई पक्राउ पनि गरेको छ ।
पक्राउ पर्नेमा प्रदर्शनकारीमध्येका गोलबजार ९ का सुरेश महतो र सुरेश सिंह छन् । लहान प्रहरीको हिरासतमा रहेका उनीहरूलाई अझै छाडिएको छैन ।
जिल्ला प्रहरी कार्यालयले वन डिभिजन कार्यालयमा उनीहरूले हुलहुज्जत र ढुङ्गामुढा गरेपछि दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूले गरेको ढुङ्गामुढाबाट कार्यालयको सिसासमेत फुटेपछि प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शुभाष बुढाथोकीले जानकारी दिए ।
डिभिजन वन कार्यालयले गत आर्थिक वर्षमा विरुवा खरिदको नाममा व्यापक अनियमितता गरेको र वनको जग्गा संरक्षणमा मौन बसेको उनीहरूको आरोप छ ।
वन कार्यालयले ३० लाख विरुवा खरिद गरेको भने पनि झिनै रकमको विरुवा खरिद भएको तथा बाँकी रकम अनियमितता गरिएको चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले बताए । खरिद गरेको विरुवा पनि भर्खरै ‘कटिङ’ गरिएको विरुवा रहेको र अनियमितता गर्ने उद्देश्यले सस्तोमा किनिएको यस्ता विरुवामध्ये ७० प्रतिशत विरुवा रोपेको केही समयमै सुक्ने भनाइ उनको छ ।
यस्तै, गोलबाजर नपा ९ मा रहेको वन क्षेत्रको जग्गा मारुती सिमेन्ट उद्योग तथा विभिन्न व्यक्तिले कब्जा गरे पनि वन कार्यालय मौन रहेको उनको आरोप छ । सार्वजनिक जग्गा अतिक्रमित हुँदा पनि देखिएको वन कार्यालयको मौनता शंकास्पद रहेको उनले आरोप लगाए ।
यसै विषयमा डिभिजन वन कार्यालय लहानका डेफो सुभाश चन्द्र दाससँग भेट्न गएपछि भेट गर्नसमेत नदिएर कार्यालयका पालेहरूले कुटपिट गरेको र प्रहरी आएर दुई जनालाई समातेर लगेको उनले बताए।
यता, डिभिजन वन कार्यालयका निमीत्त प्रमुख गंगाप्रसाद यादवले डेफो दास अहिले बिदामा रहेको र विरुवा खरिद विषयमा आफूलाई त्यति जानकारी नरहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार