• होमपेज
  • समाचार
  • तालमा माछा मार्न गएका युवकको डुबेर मृत्यु

तालमा माछा मार्न गएका युवकको डुबेर मृत्यु

  • सोमवार, साउन ४, २०७८
तालमा माछा मार्न गएका युवकको डुबेर मृत्यु

जनकपुरधाम — तालमा माछा मार्न गएका एक जनाको मृत्यु भएको छ।

सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालमा माछा मार्न गएका युवकको सोही तालमा डुबेर मृत्यु भएको हो।

मृत्यु हुनेमा बागमती नगरपालिका वडा नम्बर १ निवासी १८ बर्षीय सुशान्त थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नगरपालिकाको वडा नम्बर १२ स्थित उक्त तालमा थापासहित ७ जना युवक शनिबार माछा मार्न गएका थिए। अन्य युवाहरु सकुशल रहेकोमा थापा डुबेर वेपत्ता भएका थिए।

वेपत्ता भएका थापाको शव आईतबार साँझ फेला परेको सर्लाही प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार