• होमपेज
  • समाचार
  • भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा

भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा

  • आइतवार, साउन ३, २०७८
भीम रावलद्वारा सांसद पदबाट राजीनामाको घोषणा

काठमाडाै–नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका छन्। रावल निकट एकिन्द्र कुँवरले प्रतिनिधिसभा सदस्यबाट रावलले राजीनामा दिएको पुष्टि गरेकाे छ ।

माधव नेपाल पक्षबाट पार्टी मिलाउन गठित कार्यदलका संयोजकसमेत रहेका उपाध्यक्ष रावलले राजीनामा दिएको घोषणा गरेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रतिनिधिसभामा विश्वासको मत लिने तयारीमा रहेको बेला रावलले राजीनामा दिएको घोषणा गरेका हुन्।

आइतबार बिहान उनि सहित नेकपा एमाले कार्यदलका सदस्यहरु माधव नेपाललाई भेटेर संस्थागत निर्णय गरेर अघि बढ्न आग्रह गरेका थिए। तर नेता नेपालले रावल संयोजकत्वको कार्यदलको १० बुदेँ सहमति अस्वीकार गरिदिएका थिए।

नेता नेपालको खेमामा रहेका रावल केपी शर्मा ओली प्रधानमन्त्री रहँदासम्म खरो आलोचक थिए। रावललाई अध्यक्ष ओलीले माधव नेपालसँगै पार्टीबाट कारवाही गर्ने र कारवाही फिर्ता लिने कार्य समेत गरेका थिए।

चर्चामा

सम्बन्धित समाचार