• होमपेज
  • समाज
  • कोल्टी डिपो प्रमुख आचार्यद्धारा जन्मदिनको अबसरमा टुहुरा बालबालिकाहरुका लागि सहयोग

कोल्टी डिपो प्रमुख आचार्यद्धारा जन्मदिनको अबसरमा टुहुरा बालबालिकाहरुका लागि सहयोग

  • आइतवार, साउन ३, २०७८
कोल्टी डिपो प्रमुख आचार्यद्धारा जन्मदिनको अबसरमा टुहुरा बालबालिकाहरुका लागि सहयोग

बाजुरा — खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड डिपो कार्यालय कोल्टीका प्रमुख नबिन प्र्रसाद आचार्यले आफ्नो जन्मदिनको अबसरमा अनाथ तथा टुहुरा बालबालिकाको लागि सहयोग गरेका छन । दैलेख जिल्लाको भैरवी गाउँपालिका वडा न ३ मा जन्म भई बाजुरालाई कर्मथलो बनाएका आचार्यले आफ्नो २५ औँ जन्मउत्सवको अबसरमा बालबालिकालाई सहयोग गरेर जन्मदिन मनाएका छन । आचार्यले आफ्नो जन्मदिनको अबसरमा साथीहरु संग बसेर भड्कीलो गरी जन्मदिन मनाउनु भन्दा जिल्लामा खान बस्न र पढ्न अफ्टेरोमा परेका अनाथ टुहुरा बालबालिका हरुलाई सहयोग गर्नु नै आफ्नो भलो हुने भन्दै बडिमालिका मिडिया हाउसको समन्वयमा उनले बालबालिकालाई सहयोग गरेको आचार्यले बताए । डिपो प्रमुख आर्चायले यस अघिका जन्मउत्सवहरु पनी एकल महिला टुहुरा बालबालिका अनाथ बालबालिका फरक क्षेमता भएका र गरिव घरपरिवारलाई सहयोग गरेर जन्मदिन मनाउने गरेका थिए । यस बर्ष बडिमालिका खवरको समन्वयमा जिल्लाका त्यस्ता बालबालिकाहरुलाई सहयोग गरिदिन ५ हजार सहयोग गरेका हुन ।
साउन ३ गते परेको जन्मदिनको अबसरमा जिल्लाका कुनै पनि अनाथ टुहुरा बालबालिकालाई बडिमालिका खवर मार्फत आचार्यले ५ हजार सहयोग गरिदिन चेक हस्तान्तरण गरेका छन । उनले कुनै ठाउँमा त्यस्ता बालबालिकाहरु भेटीएमा सहयोग गरिदिन बडिमालिका खवरसंग बताएका छन ।
उनले बडिमालिका खवरको खातामा ५ हजार सहयोग गरेका छन उनले पठाएको ५ हजार जिल्लाका कुनै त्यस्ता बालबालिकाहरुलाई सहयोग गर्ने बडिमालिका खवरका प्रकाशक सम्पादक प्रकाश सिहंले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार