शुक्रबार, माघ १०, २०८२
  • होमपेज
  • समाचार
  • भैँसी पाल्ने किसानलाई १८ लाख अनुदान

भैँसी पाल्ने किसानलाई १८ लाख अनुदान

  • आइतवार, साउन ३, २०७८
भैँसी पाल्ने किसानलाई १८ लाख अनुदान

बलेवा — बागलुङको जैमिनी नगरपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई १७ लाख सात हजार तथा राँगोपालक किसानलाई एक लाख ३० हजार गरी कूल १८ लाख ३७ हजार अनुदान वितरण गरेको छ।

जैमिनी नगरपालिका–१० का दुहुना भैँसी पाल्ने ५० किसानलाई जनही ३४ हजार १४० का दरले १७ लाख सात हजार तथा राँगोपालक दुई किसानलाई जनही ६५ हजारका दरले कूल एक लाख ३० हजार अनुदान वितरण गरेको नगरपालिका पशु शाखाका प्रमुख कृष्णप्रसाद ढकालले जानकारी दिए।

किसानलाई व्यावसायिक बनाउन र कृषि पेशातर्फ आकर्षित गर्नका लागि उक्त कार्यक्रम सञ्चालन गरिएको नगरपालिलकाले जनाएको छ । “किसानलाई व्यावसायिक बनाउने हाम्रो अभियान हो, अनुदानले उत्पादन वृद्धिमा सहयोग गर्छ”, प्रमुख ढकालले भने, “कामका आधारमा अनुदान पाएका किसान उत्साहित हुनुहुन्छ।”

नगरपालिकाले तोकिएको मापदण्डभित्र रहेर किसानलाई कृषि र पशुपालनमा अनुदान दिएको हो। किसानलाई प्रोत्साहित गर्न पशुपालनका लागि आवेदन माग गरेर सकारात्मक कार्यको थालनी गरेको भन्दै किसान खुसी भएका छन्। अनुदानका कार्यक्रम सञ्चालन गरेपछि नगरभित्र व्यावसायिक कृषि पेशातर्फ किसान आकर्षित भएका छन्।

जैमिनीका किसानले मासु र दूधको उत्पादनका लागि भैँसीपालन गर्ने गरेका छन्। राङ्खानीमा भैँसीको व्यावसायिक पालनका लागि घाँस र हावापानी राम्रो रहेकाले किसान उत्साहित रहेको वडा नम्बर १० का अध्यक्ष नरबहादुर थापाले बताए।

चर्चामा

सम्बन्धित समाचार