शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • सामाज सेवी रोकायाद्धारा जन्मदिनको अबसरमा अनाथ टुहुरा बालबालिकाहरुका लागि सहयोग

सामाज सेवी रोकायाद्धारा जन्मदिनको अबसरमा अनाथ टुहुरा बालबालिकाहरुका लागि सहयोग

  • शनिबार, साउन २, २०७८
सामाज सेवी रोकायाद्धारा जन्मदिनको अबसरमा अनाथ टुहुरा बालबालिकाहरुका लागि सहयोग

बाजुरा — बाजुरा जिल्लाको बडिमालिका नगरपालिका वडा न ७ ढम्कनेका समाज सेवी बल बहादुर रोकायाले आफ्नो जन्मदिनको अबसरमा अनाथ तथा बालबालिकाको लागि सहयोग गरेका छन । लामो समय देखी गैरसरकारी संस्थमा काम गर्दै आएका रोकायाले आफ्नो जन्मदिनको अबसरमा अनाथ टुहुरा बालबालिका हरुलाई सहयोग गरेका हुन । हाल सरोस्वती आधारभुत बिद्यालयमा कार्यरत शिक्षक रहेका रोकायाले यस अघिका जन्मदिनको अबसरमा पनी सामाजिक क्षेत्रमा काम गर्दै आएका छन ।
साउन १ गते परेको जन्मदिनको अबसरमा जिल्लाका कुनै पनि अनाथ टुहुरा बालबालिकालाई बडिमालिका खवर मार्फत सहयोग गरिदिन ५ हजार सहयोग गरेका छन । उनले कुनै ठाउँमा त्यस्ता बालबालिकाहरु भेटीएमा सहयोग गरिदिन बडिमालिका खवरसंग बताएका छन ।
उनले बडिमालिका खवरको खातामा ५ हजार सहयोग गरेका छन उनले पठाएको ५ हजार जिल्लाका कुनै त्यस्ता बालबालिकाहरुलाई सहयोग गर्ने बडिमालिका खवरका प्रकाशक सम्पादक प्रकाश सिहंले बताएका छन । बडिमालिका खवरको समन्वयमा सो रकम खर्च गर्ने बडिमालिका खवरका ब्यबस्थापक लक्ष्मीराज पाध्यायले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार