शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई जन्मकैद फैसला

बाजुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई जन्मकैद फैसला

  • शुक्रबार, साउन १, २०७८
बाजुरामा छोरीलाई बलात्कार गर्ने बुवालाई जन्मकैद फैसला

बाजुरा–बाजुराको बुढिगंगा नगरपालिकामा ६७ बर्षिय एक पुरुषलाई जिल्ला अदालत बाजुराले जन्मकैद फैसला गरेको छ । आफनै छोरीलाई जबरजस्तिकरण र हाडनाताकरणी मुद्दा अन्तर्गत जन्मकैद फैसला गरेको बाजुरा जिल्ला अदालतले वताएको छ ।
१४ बर्षिय छोरीलाई जबरजस्तिकरणी र हाडनाताकरणी गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) र २१९ (२) बमोजिम जन्मकैद अर्थात २५ बर्ष कदै र ५० हजार नगद जरिवान तोकेको छ । बाजुरा जिल्ला अदालतले साउन ३१ गते फैसला गरेको हो ।
जिल्ला अदालत बाजुरामा २०७७ साउन २२ गते जबरजस्तिकरणी र हाडनाताकरणी अन्र्तगत मुद्दा दर्ता भएको थियो । बुवाले छोरीलाई बलात्कार पछि गर्भ रहेको खुलाशा भएपछि घटना बाहिर आएको हो ।
जब १४ बर्षिय छोरीको पेटमा बच्चा जन्मेको थाहा पाएपछि बुवा द्धारा बलत्कार भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको थियो । कक्षा ६ पढदै गरेको उक्क्त वालिकाले महिनावारी हुन लागेको १ बर्ष भएको थियो । पिडित बालिकाले भनेकि थिईन् आमा गाईभैसी लिएर छानामा बस्ने गरेकी थिइन्, घरमा कोही नभएको बेला आफु माथि करणी गरेको वताईन् ।
पिडित बालिकाले आफुलाई समस्या रक्तस्राव भएपनि अरु कसैलाई भनेपछि आफुलाई मार्छु भनेपछि कसैलाई भन्न नसकेको ति वालिकाले वताईन् । १ हप्ता सम्म घर भन्दा बाहिर जान दिएन्, करणीको बेला पनि मुख छोपेको ति वालिका न्यायका लागि मार्तडी पुगेको बेला बताएकि थिइन् । बुवालाई आफुलाइ समस्या भएको बान्ता आएको भन्दा ठिक भइहाल्छ कसैलाई नभन्नु भनेको तिनले वताएकि छन् ।
ति वालिका स्थानिय स्वास्थ्य चौकीमा पेट दुखेको भनेर चेकँजाचमा पुगेकी थिईन् । त्यहाँ स्वास्थ्यकर्मीले पेटमा बच्चा रहेको भनेपछि घटना बाहिर आएको हो । ति बालिकाको पेटमा रहेको बच्चा भने गर्भपतन गराइसकेको पारिवारिक स्रोतले वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार