शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • धार्मिक
  • २०७८ साल साउन ०१ गते शुक्रबारकाे राशिफल

२०७८ साल साउन ०१ गते शुक्रबारकाे राशिफल

  • शुक्रबार, साउन १, २०७८
२०७८ साल साउन ०१ गते शुक्रबारकाे राशिफल

वि.सं.२०७८ साल साउन ०१ गते । शुक्रबार । ईश्वी सन् २०२१ जुलाई १६ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । आषाढ शुक्ल पक्ष । तिथि– सप्तमी,रातको ०२ बजेर ०८ मिनेट उप्रान्त अष्टमी । नक्षत्र– हस्त, रातको ०१ बजेर ११ मिनेट उप्रान्त चित्रा । योग–परिध, बिहान ०९ बजेर १९ मिनेट उप्रान्त शिव । करण–गर, दिउसो ०३ बजेर ०५ मिनेट उप्रान्त वणिज, रातको ०२ बजेर ०८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–अमृत योग । चन्द्रराशि–कन्या ।

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर १९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५९ मिनेट । दिनमान ३४ घडी १० पला ।

श्रावण सङ्क्रान्ति । दक्षिणायनारम्भ । देवपाटनमा गंगामाईरथयात्रा । सूर्य पूजा । थारु गुरिया पर्व । बैतडी गुज्जर साउने मेला सुरु,कण्डारकपूजा । लुतो फाल्ने ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिदा तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलार्ई परास्त गर्दै नतिजा आफूतिर ल्याउन सकिनेछ भने ऋण,रोग तथा शत्रुबाट छुटकारा पाउने समय रहेको छ । राजनीति गर्नेहरुले सहकर्मीहरूलाई किनारा लगाउँदै पद प्रतिष्ठा पाउनेछन् । माया प्रेममा सामीप्य बढेर जानेछ भने मामा तथा मावली पक्षबाट सहयोग तथा समर्थन पाइनेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरूको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सकिनेछ । प्रेममा सामीप्य बढेर जानेछ । सन्तान,छोराछोरी तथा आफन्तसँग बसेर दिन व्यतित गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पहिलेका कमी कमजोरीहरुलाई सुधार्ने अवसर आउनेछ । ठुला तथा विशिष्ट योजनाहरू कार्यान्वयन गर्नको लागि केही समय पर्खनु नै राम्रो हुनेछ । आफन्त तथा आमासँग सानो सानो कुरामा विवाद बढ्ने योग रहेको । पढ्ने लेख्ने कामका खासै मन नजाँदा अरूभन्दा पछि परिनेछ । तर पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) न्यायिक निर्णय तथा कानुनी फैसलाहरू तपाईंकै पक्षमा आउनेछन् । पढाइ लेखाइमा मन जाने हुनाले अरूलाई किनारा लगाउँदै नतिजा सुरक्षित रहनेछ । दाजुभाइ तथा आफन्तसँगको सम्बन्धमा सुमधुरता बढेर जानेछ भने माया प्रेमको डोरो कसिलो भएर जानेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाइनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजमा बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै कामहरू गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरू समयमा नै सकाउन सकिनेछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउन चाहनेहरूलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मीयता बढ्नेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा सम्मानजनक स्थान पाउन बढी नै मिहिनेत गर्नुपर्नेछ । परिवारका सदस्यहरुसँग विवाद बढ्ने योग रहेको भने आफन्तहरू टाढिनेछन् । व्यापार व्यवसायमा लगानी गरे अनुसार प्रतिफल प्राप्त नहुने हुँदा मन खिन्न हुनेछ । माया प्रेममा एक अर्का बीच मनमुटाब सिर्जना हुनेछ । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिने अधिक सम्भावना रहेको ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यवसायमा प्रशस्त समय दिए पनि आम्दानी थोरै नै हुनेछ । काम गर्दा ख्याल गर्नु जरुरी देखिन्छ,समयमा कामहरू सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइ लेखाइमा तपाईं आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनुहोला । माया प्रेममा अविश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउने योग रहेको ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) पढाइ लेखाइमा राम्रो प्रगति गरी नाम कमाउन सकिनेछ भने बैंकिङ क्षेत्रको लगानी बाट भनेजस्तो आम्दानी हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन मार्फत नयाँ काम गर्न सकिनेछ । दाजुभाइको सहयोग हुने हुँदा मन प्रसन्न रहनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी राम्रै आम्दानी गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेत गर्दा महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन रहने हुनाले पद प्राप्तिको गतिलो योग रहेको । समयले साथ दिने हुनाले अन्य बौद्धिक क्रियाकलापमा ध्यान जानेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफूले पाएको अधिकारलाई भरपुर प्रयोग गरी उपलब्धि मूलक कामहरू गर्न सकिनेछ । आफ्नो संस्कार तथा रीतिरिवाजमा जोगाउन समय लगानी गर्नुपर्ने हुन सक्छ । खोज तथा अनुसन्धानको क्षेत्रमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बाटो हिँड्दा वा सवारी चलाउँदा ख्याल गर्नुहोला समय मध्यम रहेको । पानीसँग सम्बन्धित व्यवसाय खस्केर जाने योग रहेको । स्वास्थ्यमा समस्या देखापर्ने तथा औषधी उपचार खर्च बढ्ने योग रहेको । मन कमजोर हुने हुँदा पढाइ लेखाइमा मन जानेछैन भने अरूभन्दा पछि परिनेछ । परिस्थितिले ऋण लगाउने तथा विभिन्न समस्याहरूको सामना गर्नुपर्नेछ । घरपरिवारमा आफन्त बीच मनमुटाब बढ्ने तथा माया प्रेममा गलत बुझाइले समस्या निम्त्याउन सक्छ, सचेत रहनुहोला ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शुभचिन्तक तथा आफन्तको सुझावलाई मनन गरी काम गर्दा गन्तव्य पहिल्याउन सहज हुनेछ । माया प्रेममा एक अर्का बीच नजिक हुने समय रहेको भने जीवन साथीको सहयोगले राम्रा कामहरू गर्न सकिनेछ । पढाइ लेखाइ प्रगति पथमा अगाडी बढ्ने हुँदा मन प्रसन्न रहनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरू जनमानसमा लैजान सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

चर्चामा

सम्बन्धित समाचार