शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमका ओली पक्षीय सांसद मन्त्री माग्दै पुगे देउवा निवास

सुदूरपश्चिमका ओली पक्षीय सांसद मन्त्री माग्दै पुगे देउवा निवास

  • बिहिबार, असार ३१, २०७८
सुदूरपश्चिमका ओली पक्षीय सांसद मन्त्री माग्दै पुगे देउवा निवास

धनगढी — एमालेमा विवाद बढेपछि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा देखिएका केही संघीय सासंद कित्ता परिवर्तन गर्ने तयारीमा लागेका छन्। सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरु ओली पक्ष छोडेर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा जाने कसरत गर्न थालेका हुन्। ओली सरकारमा क्याविनेट मन्त्री रहेका एकजना एमाले सासंदले ‘फ्लोर क्रस’ गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने र त्यस्का लागि आफूलाई मन्त्री बनाउन पर्ने सर्त राखेको स्रोत बताउँछ। ती सासंद मन्त्री माग्दै देउवाको निवास बूढानीलकण्ठ पुगेको पनि स्रोतले दाबी गर्‍यो। ‘ओली पक्षका ७/८ जना सांसदलाई फ्लोर क्रस गराएर पनि विश्वासको मत दिन लगाउँछु। त्यस्का लागि मलाई मन्त्री बनाइदिन प¥यो भनेर ओली पक्षका सासंद बूढानीलकण्ठ पुगेका थिए। प्रधानमन्त्री ज्यूले माधव नेपालसंग सोबारेमा छलफल हुने बताउनुभएको छ,’ स्रोतले भन्यो। देउवा प्रधानमन्त्री बनेपछि ती सासंदले बूढानीलकण्ठमा पुगेर बधाई दिइसकेका छन्। यसअघि सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने एमालेका १४ सासंदले ओली पक्षलाई साथ दिएका थिए भने ओली सत्ताबाट बाहिरिएसँगै १० जनाले साथ छोडेको चर्चा चलेको थियो। तर ओली पक्षका सासंदहरुले भने अहिले पनि आफूहरुको साथ ओलीलाई नै भएको बताउँदै आएका थिए।

चर्चामा

सम्बन्धित समाचार