शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • जीउमा लुगा कम लगाउँदा जहाजमै चढ्न पाइनन् यी मोडेल

जीउमा लुगा कम लगाउँदा जहाजमै चढ्न पाइनन् यी मोडेल

  • बिहिबार, असार ३१, २०७८
जीउमा लुगा कम लगाउँदा जहाजमै चढ्न पाइनन् यी मोडेल

अमेरिकामा एकजना टर्किस मोडेललाई जहाज चढ्नमा प्रतिबन्ध लगाइएको छ । शरीरमा निकै कममात्र कपडा लगाएको र त्यस्तो पहिरनले जहाजमा चढेका अन्य यात्रुहरुलाई डिस्टर्ब गर्नसक्ने भन्दै टर्किस बडी विल्डर, सोसल मिडिया सेलिब्रेटी तथा मोडेल डेनिज सेपिनारलाई जहाज यात्रामा रोक लगाइएको हो ।

गत जुलाई ८ मा टेक्सास बाट मियामीका लागि अमेरिकन एयरलाइन्सको जहाजमार्फत् यात्रा गर्न लागेकी सेपिनारले सरीरमा छोटो जाँगे र छोटो टप्स लगाएकी थिइन् ।

आफूलाई पहिरनकै आधारमा अपमानित गरी जहाजमा चढ्नै रोक लगाइएको विषयमा सेपिनारले सोसल मिडियामा आक्रोस व्यक्त गरेकी छिन् । उनले भनेकी छिन्, ‘म डेनिम शर्टस् लगाएकै कारण संसारकै सबैभन्दा खराब व्यक्तिकै रुपमा व्यवहार गरिनुपर्ने व्यक्ति होइन । मैले अपमानित महसुस गरिरहेकी छु । उनीहरुले मलाई जहाज चढ्न दिएनन् किनकी मैले यो जाँगे अमेरिकामा लगाएकी थिएँ ।’

उनले इन्स्टाग्राममा अमेरिकी एयरल्यान्सलाई ट्याग गर्दै अर्को पोस्ट पनि गरिन् जसमा लेखिएको थियो, ‘म एक खेलाडी हुँ र अब मलाई बिहानसम्म यहीँ पर्खिनुपर्ने भयो । मलाई यस्तो महिलामैत्री कपडा लगाउन मन पर्दछ जसले मेरो महिलापन देखाओस् । तर मैले कहिल्यैपनि यस्तो खाले कपडा लगाउँदिन जसले अरु कसैलाई ठेस पुगोस् ।’
उनले आफ्ना फलोअर्सलाई सम्बोधन गर्दै आफु नांगै नभएको र कुनै अभद्र पहिरन नलगाएको दाबी गरेकी छिन् ।

स्मरण रहोस् अमेरिकन एयरलाइन्सको उडान नियम अनुसार उडान यात्राका क्रममा यात्रुहरुले ठीक तरिकाले पोषाक लगाउनु आवश्यक हुन्छ । आपत्तिजनक कपडा वा खाली खुट्टा जहाज चढ्न पाइँदैन ।

स्मरण रहोस् शारीरिक सुगठनकी खेलाडी अर्थात् बडी विल्डर सेपिनार अन्तराष्ट्रिय बडी विल्डर महासंघबाट मान्यता पाउने एकमात्र टर्किस महिला बडी विल्डर हुन् ।

एजेन्सीबाट

चर्चामा

सम्बन्धित समाचार