शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • राजनीति
  • च्यातिएकै हो त एमालेको १० बुँदे सहमति ?

च्यातिएकै हो त एमालेको १० बुँदे सहमति ?

  • बिहिबार, असार ३१, २०७८
च्यातिएकै हो त एमालेको १० बुँदे सहमति ?

 प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीले बुधबार बालकोटस्थित आफ्नै निवासबाट घोषणा गरे, ‘माधव नेपालजस्ता लाजसरम हराएका मान्छेका पछाडि लाग्ने केही व्यक्तिहरू अब सच्चिएर पार्टीमा काम गर्न चाहन्नुहुन्छ भने काम गर्न दिन्छौँ ।तर, माधव नेपालको हकमा आत्मालोचना, गल्ती कमजोरी स्वीकारे पनि पार्टीमा कुनै ठाउँ छैन ।….माधव नेपालजस्ता गद्दारलाई क्षमा गर्न सकिन्न ।’
प्रधानमन्त्री पदबाट बाहिरिँदै गर्दा ओलीले मंगलबार सिंहदरबारबाट गरेको सम्वोधनमा पनि माधव नेपाल पक्षले आपराधिक कार्य गरेको बताएका थिए ।

माधव नेपाल समूहमाथि केपी ओलीको यस्तो प्रहारपछि अब नेकपा एमालेको कार्यदलले सार्वजनिक गरेको १० बुँदे सहमति लगभग च्यातिएको र यसको सन्दर्भ सकिएको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।
गत असार २७ गते मध्यरातमा सिंहदरबारबाट एमाले कार्यदलले तयार पारेको १० बुँदे सहमति पत्रको पहिलो बुँदामै यस्तो लेखिएको छ,‘विगत केही समययता पार्टीभित्र देखापरेका आन्तरिक अन्तरविरोधहरु पार्टीको दायराभन्दा बाहिर पुगेका छन् र कतिपय सन्दर्भमा कटूतापूर्ण तथा एक अर्काप्रति निषेधात्मक बन्दै गएका छन् । यस्ता अन्तरविरोधहरुलाई पार्टीभित्रै विधिसम्मत ढंगले समाधान गर्दै अघि बढ्न हामी सहमत भएका छौं ।’

सहमतिपत्रको १० औं नम्बर बुँदामा भनिएको छ, ‘कार्यदलको सिफारिस कार्यान्वयनका लागि तत्काल पार्टी स्थायी कमिटीको बैठक आयोजना गर्न अध्यक्ष एवं महासचिव कमरेडलाई अनुरोध गर्ने ।’

प्रधानमन्त्री ओलीले बोलाएको स्थायी कमिटी बैठक स्थगित भइसकेको छ । अब अध्यक्ष ओलीको यस्तो अभिव्यक्ति आएसँगै एमालेको बैठकले १० बुँदे सहमति अनुमोदन गर्ने सम्भावना क्षीण बनेको छ ।

मलाई शुरुमै के लागेको थियो भने त्यो १० बुँदेको खास उद्देश्य भनेको सर्वोच्च अदालतको फैसलालाई प्रभावित गर्नेबाहेक त्योभन्दा परसम्म जाने केपी ओलीको कुनै मनसाय थिएन । अदालतको फैसलालाई प्रभावित पार्नका लागि रातारात सही गरेर निकालिएको थियो । २८ गते फैसला आउने कुरा थियो, अघिल्लै रात त्यसो गरियो ।

२८ गते बिहानै अखबारमा विष्णु पौडेलको जुन भनाइ आयो, त्यसमा उनले २३ जनाको हस्ताक्षरले अब हावा खायो भनेका छन् । १० बुँदेको उद्देश्य यत्ति थियो र त्यो उद्देश्यमा पराजित भयो । अब केपी ओलीको पक्षबाट यसको सन्दर्भ सकियो ।

चर्चामा

सम्बन्धित समाचार