शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • बालकोटमा ओलीलाई बाजागाजासहित स्वागत (तस्बिरहरू)

बालकोटमा ओलीलाई बाजागाजासहित स्वागत (तस्बिरहरू)

  • बुधबार, असार ३०, २०७८
बालकोटमा ओलीलाई बाजागाजासहित स्वागत (तस्बिरहरू)

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छोडेर निजी निवास भक्तपुरको बालकोट पुगेका छन्।

दिउँसो एक बजेतिर लावालस्करसहित बालकोट पुगेका ओलीलाई बाजागाजासहित स्वागत गरिएको छ। बालकोटमा ओली निवासतर्फ जाने बाटोमा सडकमा सूर्यअंकित चिन्ह बनाइएको थियो। उनी बालकोट चोक पुग्दा ब्यान्ड बाजा बजाइएको थियो।

नेता/कार्यकर्ताले ‘केपी ओली- जिन्दावाद, आइ लभ यू केपी बा’ लगायत नारा लगाएका थिए।

सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि पदमुक्त भएका ओलीले बुधबार बिहान साढे ११ बजेतिर बालुवाटार छोडेका हुन्।

उनी बालुवाटारबाट निस्कँदा गेटदेखि नै नारा-जुलुस गरिएको थियो।

‘अघि बढ ओली बा, प्राण दिन तयार छौं, केपी ओली हाई हाई’ लगायत नारा लगाइएको छ।

ओलीको कार्गेटलाई युथ फोर्सका कार्यकर्ताले मोटरसाइकल र गाडीले स्कर्टिङ गरेका थिए।

 

चर्चामा

सम्बन्धित समाचार