शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • भानु जयन्तीको अवसर पारी छबिस पाथिभेरा गाउँपालिका – ७ मा वृक्षरोपण

भानु जयन्तीको अवसर पारी छबिस पाथिभेरा गाउँपालिका – ७ मा वृक्षरोपण

  • बुधबार, असार ३०, २०७८
भानु जयन्तीको अवसर पारी छबिस पाथिभेरा गाउँपालिका – ७ मा वृक्षरोपण

शिवजी मण्डेल / बझाङ — भानु जयन्तीको अवसर पारी मंगलबार छबिस पाथिभेरा गाउँपालिका वडा नं ७ मा वृक्षरोपण गरिएको छ । आदि कवि भानुभक्त आचार्यको २ सय ८ औं जन्मजयन्तीको अवसर पारी वडा नम्बर ७ को घट्टे मजखोरीको उत्तर तिर पर्ने अल्गा पलेटि सामुदायिक वनमा वृक्षरोपण गरिएको हो । वडा नम्बर- ७ का वडा अध्यक्ष पदम बहादुर मण्डेलको आर्थिक सहयोग र समाजसेवी तथा शिक्षक रामचन्द्र मण्डेको अगुवाइमा उक्त सामुदायिक वनमा १ सय ५० लेकाली भेगमा हुने राईसल्लाका बोटहरू वृक्षरोपण गरिएको शिक्षक मीन बहादुर मण्डेल बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार