• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • भोजनः को सँग गर्ने को सँग नगर्ने ?

भोजनः को सँग गर्ने को सँग नगर्ने ?

  • बुधबार, असार ३०, २०७८
भोजनः को सँग गर्ने को सँग नगर्ने ?

आधुनिक स्वास्थ्य विज्ञानमा भोजन को सँग, कहिले, कहाँ, किन र कुन परिस्थितिमा गरिएको हो भन्ने विषयको खासै महत्व नभए पनि प्राच्य स्वास्थ्य विज्ञानमा यी कुराहरुको ठूलो महत्व छ ।

दीर्घ जीवन र राम्रो स्वास्थ्य चाहनेहरुले सकभर बाहिरको खानु हुँदैन । परिवारमै खानु पर्दछ । परिवारमा खाना खाँदा आत्मियता बढ्दछ । परिवारमा खाना खाँदा खाना पनि शुद्ध एवम् स्वस्थकर खान पाइन्छ ।
खानाखाँदा सकभर आफ्ना प्रिय एवम् हितैषी व्यक्तिहरुको साथ भए राम्रो हो । हितैषि व्यक्तिहरुसँग खाना खाँदा मन प्रफुल्ल रहन्छ ।
आफ्ना नानीबाबुहरुसँग भोजन गर्नाले बच्चा र अभिभावकबीचको सम्बन्ध प्रगाढ हुँदै जाने र नानीबाबु आफ्नो अ‍ैचामै रहने छन् ।
भोजन खुल्ला, सार्वजनिक वा धेरै मान्छेहरु आवत जावत गर्ने ठाउँमा गर्नु हुँदैन । यसो गर्दा अतृप्त व्यक्तिहरुको नजर लाग्न सक्दछ । सम्भव भए सम्म भोजन पर्दाको पछाडि नै गर्नु राम्रो हो ।
सम्भव भएसम्म आफ्नो आमाले पकाएको खानु आमाबाट नभए पत्निले पकाएको खानु, पत्नी नभएकाहरुले दिदीबहिनीहरुले पकाएको खानु यसरी खान सम्भव नहुनेहरुले आफ्नो वृतिधर्म पालन गरेको सात्वीक महिलाले पकाएको खानु ।
आफुभन्दा ज्येष्ठ ज्ञानी, आदरणीय व्यक्तिसँग खाना खाने सुअवसर प्राप्त भए कहिल्यै नछोड्नु ।
कसैले प्रेमपूर्वक प्रदान गरेको खाना कहिल्यै नफर्काउनु । मिठो, नमिठो, जे जस्तो भएपनि ग्रहण गर्नु ।
उभ्यिएर कहिले नखानु, उभ्यिएर खाँदा सवास्थ्यमा प्रतिकूल प्रभाव पर्दछ । उभिदा पेटको पाइलोरीक स्फिनक्टर हल्का खुल्ने हुँदा खाना नपची सिधै सानो आन्द्रामा प्रवेश गर्ने हुँदा विभिन्न किसिमका रोगहरु उत्पन्न गराउँदछ ।
अतिथि देवो भव भन्ने नीति वाक्यको अनुरुप आप्mना घरमा आएका पाहुनालाई सर्वप्रथम खुवाउनु ।
संक्रमित व्यक्तिसँग कहिल्यै भोजन नगर्नु । यस्ता व्यक्तिसँग भोजन गर्दा उसको रोग सर्ने खतरा रहन्छ ।
ईष्यालु, लोभी, घमण्डी, क्रुर एवम् कामुक व्यक्तिसँग कहिल्यै भोजन नगर्नु । यी व्यक्तिसँग भोजन गर्दा उनीहरुको गुण आफुमा प्रसारित रहने खतरा रहन्छ ।
लोलोपोतो गर्ने कप्टी एवम् बनावटीसँग पनि सँगै भोजन गर्नु हुँदैन ।
कुटील जाली, फटाहा एवम् दयाहिन व्यक्तिसँग भोजन गर्दा पनि शरीरमा व्याधि बढ्छ ।
खराब वृति भएका व्यक्तिसँग पनि शास्त्रले भोजन गर्न निषेध गरेको छ ।
दिनचर्या ठिक नभएको व्यक्तिसँग पनि भोजन गर्नु हुँदैन ।
स्नान नगर्ने खानु पूर्व हातखुट्टा नधुने, दिशा पिसाब गरिसकेपछि हात नधुने व्यक्तिसँग पनि खाना खानु शास्त्रले निर्देशनविरुद्ध हुन जान्छ ।
कहीँ कतै धेरै जनाको माझमा भोजन गर्नु पर्ने स्थिति आयो भने भोजन सबैलाई बाँडेर खानु पर्दछ ।
साथमा भएका व्यक्तिहरुलाई नबाँडीकन खाँदा सँगै बसेकाहरुको नजर लाग्न सक्छ ।
खाना खान सबै एक साथ बसेर खाना खाँदा खाना ग्रहण गर्नु पूर्व सँगै भोजन गरिरहेकाहरुलाई लिए है हजुर भनेर अनुमति लिएर मात्र खाना खानु पर्दछ ।
भ्रष्ट व्यक्तिहरुसँगै बसेर खाना खानु हुँदैन । यसो गर्दा हाम्रो पनि मति भ्रष्ट हुन्छ ।
लेखक भरतपुर — १, वागीश्वरी स्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।

चर्चामा

सम्बन्धित समाचार