शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • युवा संघ बाजुरा द्धारा प्रधानन्यायाधीश राणाको पुतला दहन

युवा संघ बाजुरा द्धारा प्रधानन्यायाधीश राणाको पुतला दहन

  • मङ्लबार, असार २९, २०७८
युवा संघ बाजुरा द्धारा प्रधानन्यायाधीश राणाको पुतला दहन

बाजुरा — नेकपा एमाले निकट युवा संघ नेपाल बाजुराले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको पुतला दहन गरेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको विरोधमा युवा संघले प्रदर्शन गरेको छ ।

युवा संघ नेपाल बाजुराले मंङगल बार साँझ मार्तडीमा प्रदर्शनी मार्गमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन गर्दै प्रधान्यायाधीशको पुतला जलाएको हो । क्षेत्राधिकारको दुरुपयोग गर्दै संविधानमा व्यवस्था नै नभएको पूर्वाग्रही फैसलाको विरोधमा युवा संघ र अनेरास्ववियुले नाराबाजी गरेका थिए ।

पूर्वाग्रही सोचका साथ संविधान विपरित क्षेत्राधिकार भित्र नपर्ने फैसला सुनाएर लोकतान्त्रीक र दलिय व्यवस्था माथि नै प्रहार गरेको युवा विद्यार्थीले आरोप रहेको छ । न्याय मूर्तिको रुप धारण गरेर राजनीति गर्ने पात्रका विरुद्ध आन्दोलन जारी राख्ने खेलकुद माँहास‌‌घका सचिव लक्षमंण राेकायाले बताएका छन् ।

युवा विद्यार्थीले कार्यकर्ताले ‘चोलेन्द्र शमशेर राणा मुर्दावाद, चोलेन्द्र चोर, नेपाल छोड, भारतीय दलाल प्रचण्ड मुर्दावाद जस्ता नारा लगाएर पुत्ला दहन गरेका थिए। युवा विद्यार्थीले ओलीका लागि ज्यान दिन र लिन तयार रहेको भन्दै नारा बाजी सहीत प्रधानन्यायाधिसका विरुद्धमा चर्काे नारा लगाएका थिए ।

राणाको पुत्ला जलाउने देखि विरोध र प्रतिवादसम्मका आन्दोलनका कार्यक्रम जारी राख्ने युवा संघले बताएको छ । लोकतान्त्रिक चोकमा पुत्ला दहन गरिएको युवा स‌घका सहस‌याेजक गणेश बाेहाेराले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार