बुधबार, साउन १३, २०७८
  • होमपेज
  • देश
  • बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट बरामद

बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट बरामद

  • मङ्लबार, असार २९, २०७८
बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट बरामद

काठमाडौं — टोखा नगरपालिका-५ बसुन्धाराबाट ८० हजार रुपैयाँ नक्कली नोट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

महानगरीय प्रहरी प्रभाग तिलिङगेटारबाट खटिएको प्रहरीले अन्नपूर्ण हिमाल सुनचाँदी पसलबाट नक्कली नोट बरामद गरेको हो ।

अन्नपूर्ण हिमाल सुनचाँदी पसलमा सुन किन्‍ने बहाना बनाइ बा.६८ प ७११० नम्बरको रातो स्कुटरमा आएका दुईजना महिलाहरुले २ लाख ८० हजार रूपैयाँ नक्कली नोट देखाई गहना किन्‍न खोज्दा प्रहरी पुगेपछि उनीहरुले ८० हजार नक्कली नोट छाडेर फरार भएका थिए ।

फरार महिलाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार