बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • ट्याक्टर दुर्घटनामा चालकसहित २ जनाको मृत्यु

ट्याक्टर दुर्घटनामा चालकसहित २ जनाको मृत्यु

  • मङ्लबार, असार २९, २०७८
ट्याक्टर दुर्घटनामा चालकसहित २ जनाको मृत्यु

रौतहटको मध्यभाग देवाहि गोनाहीस्थित ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

मृतक मध्ये एकजना चालक रहेको प्रहरीले जनाएको छ । गएराती करिब ११ः ४५​ बजे देवाही गोनाही नगरपालिका वार्ड नं ४ स्थित खेत जोतेर फर्किने क्रममा लालबकैया नदीको बाँधमा ना ४ त १५०७ नम्बरको उक्त ट्याक्टर दुर्घटना भएको थियो ।

नदीको बाँध वाट झन्डै १० फिट तल झरेर पल्टेको गाडीमा सवार ४ जना मध्ये २ जनाको देवेन्द्र पटेल को छोरा बर्ष २० का गोविन्दा पटेल र २२ का कोबिन्द्र पटेलको घटना स्थल मै मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । त्यसैगरी पाना पटेल को छोरा राकेश पटेल र मायाराम पटेल को छोरा कान्थ पटेल गम्भीर घाइते भएका छन् ।

घाइते दुवैजनालाई उपचारको लागि रातीनै एम्बुलेन्सबाट बीरगंज पठाइएको प्रहरीले जनाएको छ ।

मृतक दुबैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाईएको र घटनाबारे थप अनुसंधान भैरहेको इन्स्पेक्टर लम्सालले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार