शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • इटालियन पेस्तोलसहित दुईजना पक्राउ

इटालियन पेस्तोलसहित दुईजना पक्राउ

  • मङ्लबार, असार २९, २०७८
इटालियन पेस्तोलसहित दुईजना पक्राउ

इटालियन पेस्तोलसहित दुईजना पक्राउ परेका छन्।

सिरहा प्रहरीले इटालियन पेस्तोलसहित गोलबजार नगरपालिकाबाट दुईजनालाई पक्राउ गरेको हो।

प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोलबजार नगरपालिका ९ बाट मिर्चैया नगरपालिका १० बस्ने २६ बर्षीय रामकुमार यादव र २२ बर्षीय रुपेश यादवलाई पक्राउ गरेको हो।

शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट इटालियन पेस्तोल एक थान, म्यागेजिन १ थान र टाइप ७७ लेखिएको गोली २ राउण्ड बरामद भएको प्रहरीले जनाएको छ।

दुबैलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार