शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिका १ मा पहिरोले एक घर बगायो, दर्जन बढि घर जोखीममा

बडिमालिका नगरपालिका १ मा पहिरोले एक घर बगायो, दर्जन बढि घर जोखीममा

  • शनिबार, असार २६, २०७८
बडिमालिका नगरपालिका १ मा पहिरोले एक घर बगायो, दर्जन बढि घर जोखीममा

बाजुरा — शुक्रबार राती परेको अबिरल बर्षाका कारण बडिमालिका नगरपालिका वडा न १ पाटामा पहिरोका कारण एक घर बगाएको छ भने १४ घर उच्च जोखीममा रहेका छन ।
सोही नगरपालिका वडा नम्मर १ का सुर्जे कार्कीको घर पुणर्रुपमा क्षेती भएको छ । बुदे दानी, कृष्ण दानी, महेन्द्र दानी, रुपसिं दानी परे नाथ, बिरे नाथ, हर्क नाथ, नन्दु नाथ, कन्तरे नाथ लगायत १४ घर परिवार पहिरोको उच्च जोखीममा रहेको स्थानीय डबल दानीले बताएका छन ।
पहिरोले बग्न थालेपछि खानेपानी, मुहान बगाउदा खानेपानीको समेत समस्या भएको छ । बर्षौ देखी खानेपानीको समस्या झेलीरहेका पाटाबासीले यो बर्ष मात्रै गाउमै खानेपानी पुगेको थियो । खानेपानीको योजना पुरा हुदै पहिरोले पाइपलाइन बगाएपछि खानेपानीको समस्या पुरानै अबस्था भएको छ । त्यसै गरि गाउँ नजिकै रहेका पणेखोला र काफलतोला खोलामा रहेका ४ ओटा पानी घट्ट समेत बगाएको छ । गाउमा खेतहरू पनि सबै बग्दै गएकाे स्थानीयले बताएका छन ।
गाउँको तल पट्टी पहिरो बग्न थालेपछी गाउँ नै उच्च जोखीममा रहेको स्थानीय दानीले बताए । गाउँ पुरै उच्च जोखीममा भए पछि लेकतिरको छानामा बस्न थालेको बताएका छन । गाउँका घरमा रहेको सामानहरु सराउदै लेकतिर सर्न थालेको स्थानीयले बताए ।
पाटा गाउँमै पहिरो आएर बग्न थाले पछि देउता रिसाएको भन्दै स्थानीयले बोका बली दिएका छन । भुमिको अधिन आएको र भुमी शान्तीका लागि बली दिएको स्थानीय कृष्ण बहादुर दानीले बताएका छन ।
यता जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार सो ठाउँमा पहिरो गएर क्षेती भएको कुरा जानकारी नभएको जनाएको छ । प्रहरीका अनुसार खवर नभएको र त्यस बिषयमा जानकारी लिने प्रहरी निरीक्षक धनदेब साउँदले बताए ।

चर्चामा

सम्बन्धित समाचार