बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुरामा सयुक्त विद्यार्थी संगठनहरुले निकाले सिट्टी जुलुस

बाजुरामा सयुक्त विद्यार्थी संगठनहरुले निकाले सिट्टी जुलुस

  • बिहिबार, असार २४, २०७८
बाजुरामा सयुक्त विद्यार्थी संगठनहरुले निकाले सिट्टी जुलुस

बाजुरा — केपी ओली सरकारको विरोधमा प्रमुख प्रतिपक्षी नेपाली काग्रेश नेकपा माओबादी केन्द्रसहितका बिद्यार्थी संगठनहरुले सदरमुकाम मार्तडीमा सिट्टी जुलुस निकालेका छन । नेबिसघं अनेरास्वीयु क्रान्तिकारी लगायतका युवा-विद्यार्थीहरुले खुला मन्च हुदै मार्तडी बजार परिक्रममा गरी लोकतान्त्रीक चोकमा कोड सभाको आयोजना गरी सम्पन्न गरेका छन ।
र्‍यालीमा सहभागी युवा-विद्यार्थीहरुले मुखमा सिट्ठी च्यापेर बजाएका थिय । हातमा झण्डा र ब्यानर बोकेका युवा विद्यार्थीहरुको नारा थियो,’देश विखण्डन गर्ने राष्ट्रघाति प्रतिगमन मुर्दाबाद अधिनायक बाद मुर्दाबाद लगायतका नाराहरु बोकेका पेलेकार्ड सहित बजार परिक्रमा गरेका थिए ।’
लोकतान्त्रीक चोकमा आयोजित कोडसभाको संचालन अनेरास्वबियु (क्रान्तीकारी) बाजुरा जिल्ला कार्यालय सदस्य तथा निर्बाचन क्षेत्र नम्मर ख का संयोजक खेमराज साउँदले गरेका थिए । सो कोडसभामा नेबिसघंका नेता अनिल सिहं, अनेरास्वबियु क्रान्तीकारी केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज गोकुल बिश्वकर्माले सम्बोद्धन गरेका थिए भने नेबिसंघका नेता तथा बडिमालिका क्याम्पसका स्वबियु उपसभापती तपेश रावलले सभाको समापन गरेका थिए ।
सो सभामा बोल्ने बिद्यार्थी नेताहरुले अहिलेको केपी ओली सरकारले गरेका कार्यहरु राम्रो नभएको र सरकार चलाउन नसकेको भन्दै बिरोध गरेका थिए । सरकारका गतिबिधीले देशमा अस्थिरिता ल्याएको भन्दै बिरोध गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार