बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • समाज
  • मुक्तिकोट गाउँका ६२ परिवारलाई खाद्यन्न सहयाेग

मुक्तिकोट गाउँका ६२ परिवारलाई खाद्यन्न सहयाेग

कुपोषित वालवालिकालाइ लिटो सहयोग

  • बुधबार, असार २३, २०७८
मुक्तिकोट गाउँका ६२ परिवारलाई खाद्यन्न सहयाेग

बाजुरा–स्वामिकार्तिक खापर गाँउपालिका १ मुुक्तिकोट गाँउका ६२ परिवारलाई खाद्यन्न र कुपोषित बच्चालाइ पौष्टिक आहार बितरण गरेको छ । मुक्तिकोट गाउँमा चरम खाद्य संकटको मारमा परेको समचार बडिमालिका खबर लगायत सञ्चार माध्यममा समचार प्रकाशित पछि सहयोग गरेको हो । यो गाउँ नेपालको सबैभन्दा बढि गरिब भएको गाउँ हो ।
मुक्तिकोट गाउँमा ४ परिवार चरम खाद्य संकटमा परेका भएपनि सबै भन्दा बढि खाद्य संकटको मार खेपिरहेका ६२ परिवारलाई खाद्यन्न सहयोग गरेको गाउँपालिका अध्यक्ष चिरिञ्जीबि शाहिले वताएका छन् । त्यस्तै कुपोषणको चपेटमा परेका ४१ जना बालवालिकालाई सर्वोत्तम पिठो (पौष्टिक आहार) दिएको शाहिले वताएका छन् ।
राहत बितरण गाउँपालिकाको सहकार्यमा र बडिमालिका खबरको समन्वयमा गरिएको हो । खाद्यन्न तथा पौष्टिक आहारका लागि सामाजिक अभियान्ता सम्राट सिं बस्नेत, Stories Of Neapl, We all Rotate लगायत संस्था तथा ब्यक्तिले सहयोग गरेका थिए । खाद्य संकटको मार खेपिरहेका बेला राहत पाउँदा निकै खुशि भएको स्थानिय मन बहादुर बिकले वताएका छन् ।
कुपोषणको चपेटामा परेका बालवालिकालाई पहिलो पटक थोरै पौष्टिक आहार सहयोग गरेका छौ, तिनिहरुलाई निरन्तर सहयोग गर्ने सम्राट सिंहले वताएका छन् । मुक्तिकोट गाउँमा खडेरीका कारणले कृषि उत्पादन नभएपछि र कोरोनाको कहरले मुुक्तिकोट गाँउमा चरम खाद्य संकट भएको स्थानिय बल बहादुर बिकले वताएका छन् ।
गाँउमा रहेका ४ सय दलित परिवारमा दैनिक छाक टार्न निकै धौ धौ भएको स्थानियले वताएका छन् । लकडाउनमा दैनिक ज्याला मजदुरी समेत नपाउँदा झन समस्यामा परेका हुन् । न गाँउमा रोजगारि छ, न उत्पादन नै दैनिक छाक टार्न निकै समस्या परेका हुन् । खडेरीका कारणले लगाएको गहुँ, जौ लगायत अन्नवाली सुकेको थियो स्थानिय राम बहादुर बिकले वताएका छन् ।
मुक्तीकोट गाँउ हाल चरम गरिवी र अभावमा तडपिरहको छ । मुक्तिकोट गाँउ सुुख्खा डाँडोमा बस्ति रहेको छ, जग्गा जमिन थोर थोरै भएपनि खडेरीले १ महिना खानलाई उब्जनी समेत नहुुने गरेको स्थनिय औजनी बिकले वताए । अधिकांश परिवार १२ महिना बजारको चामलमा निर्भर रहने गरेका छन । साहुुको महँगो ब्याजदरमा रिन काढेर चामल किनेर खाने गरेको उनले वताईन् ।
स्वामिकार्तिक गाउँपालिका सुचना अधिकारी कुुबेर शाहिका अनुसार मुुक्तिकोट गाँउका ९५ प्रतिशत बासिन्दा चरम खाद्य संकट र कुुपोषणको चपेटामा रहेको वताएका छन् । चरम खाद्य संकटका कारणले नै गाँउका बालवालिका गर्भवती, बयबृद्ध कुुपोषणका शिकार बनेका छन् । बर्षेनी बालवालिकाको कुुपोषणका कारणले मृत्यु हुुने गरेको छ । गाँउमा चरम खाद्य संकट भएको भएपनि सरकारको कुुनै चासो नगएको पाईएको छ । गाँउपालिकाले भने त्यो गाँउमा सधै चरम खाद्य संकट हुुदै आएको गाँउपालिकाले केही सहयोग गर्दै आएको वताएको छ ।
बाजुरको स्वामिकार्तिक खापर गाँउपालिका देश र जिल्लाकै सबै भन्दा बढि गरिब स्थानिय तह हो । गरिब घर परिवार पहिचान बोर्डले २०७२ मा निकालेको प्रतिबेदनमा गाँउपालिकामा ७५ प्रतिशत गरिबिको रेखामुुनि रहेको जनाएको छ । वोर्डले गरेको सर्वेक्षणले स्वामिकार्तिक खापर गाँउपालिकामा २१ सय ८५ परिवार मध्ये १८ सय ३८ परिवार चरम गरिबिको रेखामुनि रहेको देखाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार