शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • ४८ सयको खाना खाएर १६ लाख टिप्स !

४८ सयको खाना खाएर १६ लाख टिप्स !

  • बुधबार, असार २३, २०७८
४८ सयको खाना खाएर १६ लाख टिप्स !

अमेरिकाको न्यु ह्याम्पशायरमा रहेको एउटा रेष्टुरेन्टमा खाना खानका लागि आएका एकजना ग्राहकले झण्डै ३८ डलरको बिल प्राप्त गरे । तर जम्मा ३७.९३ डलरको बिल चुक्ता गर्नुपर्नेमा उनले थप १६ हजार डलर टिप्ससहित कुल १६ हजार ३७ डलर ९३ सेन्ट रकम भुक्तान गरे ।

लण्डनडेरीस्थित स्टम्बल इन बार एण्ड ग्रिल नामक रेष्टुरेन्टमा आएका ती पाहुना त्यहाँ खासै आइरहने मानिस पनि होइनन् । तर पछिल्लोपटक आएको बेला उनले हटडग, ककटेल र तारेको अचार अर्डर गरे ।

रेष्टुरेन्टका बार्टेन्डर मिचेल म्याककडेनका अनुसार ती ग्राहक निकै रहस्यमय देखिएका थिए । उनले भुक्तान गरेको बिल हेर्दा जब बिलको रकमका अतिरिक्त १६ हजार डलर टिप्स दिएको देखियो तब उनी तीनछक परे । ती ग्राहकले क्रेडिट कार्डबाट बिल तथा टिप्स भुक्तानी गरेका थिए । उनले कार्डबाट रकम भुक्तानी गर्ने बेलामा रेष्टुरेन्टका कर्मचारीलाई तीनपटक भनेका थिए ः यो सबै रकम एकै ठाउँमा खर्च नगर्नु ।

त्यसपछि उनले भुक्तान गरेको बिल पल्टाएर हेर्दा १६ हजार डलर टिप्स दिएको देखियो । त्यसमा विश्वास नलागेपछि उनलाई यो के गरेको भनेर सोधियो ? त्यसको जवाफमा उनले आफूले जानीबुझी १६ हजार टिप्स दिएको बताए । उनले जवाफ दिए – तपाईंहरुसँग यो रकम होस् भन्ने मेरो चाहना छ । तपाईँहरु अझै कडा मिहिनेत गर्नुहोस् ।

रेष्टुरेन्टका कर्मचारीहरुले रेष्टुरेन्ट मालिक माइक जरेलालाई बोलाएर १६ हजार डलर टिप्स दिएको कुरा सुनाए । त्यसदिन रेष्टुरेन्टमा काम गर्ने कर्मचारीहरु निकै भाग्यमानी रहेछन् । रेष्टुरेन्टको नियम अनुसार कुनै पनि दिनको टिप्स त्यसदिन कार्यरत कर्मचारीहरुबीचमा बाँडिँदो रहेछ । त्यसैले त्यो रकम त्यसदिन कार्यरत ८ जना कर्मचारीहरुबीच बाँडियो । केही रकम चाहिँ भोज गर्नका लागि छुट्टाइएको छ ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार