शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • माण्डवी संस्थालाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

माण्डवी संस्थालाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

  • बुधबार, असार २३, २०७८
माण्डवी संस्थालाई कारवाही गर्न गृह मन्त्रालयको निर्देशन

मेवालाल यादव —  माण्डवी नामक रौतहट जिल्लाको एक संस्थाले ऐन कानुन विपरीत काम गरेको भन्दै गृह मन्त्रालयले कार्यवाहीको पत्र काटेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटको नाममा गत जेठ २५ गते नै पत्र काटिएको भएपनि हालै मात्र चिठ्ठी आएपछि संस्थाले गरेको कामहरु अनुसन्धानको दायरामा आएको छ । माण्डवी नेपाल नामक संस्थाले स्थानीय तहसँग समन्वय नगरी आफुखुशी काम गरेको छानबिन गर्न मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । रौतहटको ईशनाथ नगरपालिकासँग बिना कुनै सहकार्य करोडौँको बजेट खर्च गर्दा आलोचना भएपछि गृहले चासो देखाएको हो ।

समन्वय बिनै ईशनाथ नगरपालिकामा कल (ट्यूववेल) जडान, राहत वितरण लगायतका काम अपारदर्शी रुपमा काम गरेको भन्दै स्थानीयले गुनासो गर्न थालेपछि जिल्लाबाट विभिन्न उजुरी परेको गृह स्रोतको भनाई छ । उक्त संस्थाकी अध्यक्ष अन्जु झाले काँग्रस पार्टीको ब्यानरमा संस्थाको काम गरेपछि विवादित बनेको छ । संस्थाले अहिलेसम्म गरेको कामको खर्च पनि सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ । लेखपढ गर्न नसक्ने जनताको औठा छाप लिने र पछि आफुखुशी रकम खर्च गरेको विवरण तयार गर्ने गरेको भनी सामाज कल्याण परिषदमा समेत उजुरीको चाङ रहेको स्रोतको भनाई छ ।

चर्चामा

सम्बन्धित समाचार