शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बुढिनन्दा नगरपालिकामा अब वडामै न्यायिक मुद्धा हेर्न सजिलो हुने

बुढिनन्दा नगरपालिकामा अब वडामै न्यायिक मुद्धा हेर्न सजिलो हुने

  • मङ्लबार, असार २२, २०७८
बुढिनन्दा नगरपालिकामा अब वडामै न्यायिक मुद्धा हेर्न सजिलो हुने

बाजुरा — बुढिनन्दा नगरपालिकामा अब वडामै न्यायिक मुद्धा हेर्न सजिलो हुने भएको छ । बुढीनन्दा नगरपालिकाको न्यायिक समितिले मेलमिलापकर्ताहरुलाई कार्य सम्पादन तथा न्यायिक प्रकृया सम्बन्धी प्रशिक्षण गरे संगै वडामै न्यायिक मुद्धाहरु सम्पादन गर्न सजिलो हुने भएको छ । नगरपालिकाको न्यायिक समितिले वडा नं १ देखी १० का वडा अध्यक्ष तथा बुढीनन्दा नगरपालिकाका मेलमिलापक र्ताहरुलाई कार्य सम्पादन तथा न्यायिक प्रकृया सम्बन्धी प्रशिक्षण गरी वडाबाटै न्यायीक मुद्धा सम्पादन हुने बुढिनन्दा नगरपालिकाकी उप प्रमुख श्रृष्टी रेग्मीले बताएकी छन
न्यायिक समितिले १,२,३,४ र ५ का वडा अध्यक्ष तथा बुढीनन्दा नगरपालिकाका मेलमिलापकर्ताहरुसंग वडा मेलमिलापकर्ताहरुलाई प्रभावकारी गराउने, न्यायिक प्रकृया, न्यायिक समितिको अधिकार क्षेत्र लगायतका न्यायिक समितिका अधिकार क्षेत्रहरुको बारेमा छलफल गरेको उप प्रमुख रेग्मीले बताएकी छन । प्रशिक्षण कार्यक्रममा प्रहरी निरीक्षक देबेन्द्र जोशीले महिला हिंसा, सामाजिक कुरुती सम्बन्धी कानुनका बिषयमा प्रशिक्षण गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार