शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • हिमाली
  • हिमाली गाउँपालिकामा पहिरोले १ सय २१ घर परिवार बिस्थापित

हिमाली गाउँपालिकामा पहिरोले १ सय २१ घर परिवार बिस्थापित

  • मङ्लबार, असार २२, २०७८
हिमाली गाउँपालिकामा पहिरोले १ सय २१ घर परिवार बिस्थापित

बाजुरा — जिल्लाको पुवी उत्तरी क्षेत्रमा रहेको हिमााली गाँउपालिका ५ किउडीमा पहिरोले १ सय २१ घर परिवारहरु विस्थापित भएका छन् ।बर्षाको सुरुवात संगै सूरु भएकोे अविरल वर्षाका कारण हिमाली गाउँपालिका–५ क्युडीका १ सय २१ घर परिवारहरु पहिरोबाट बिस्थापित भएकाे हिमाली गाउँपालिकाले जनाएकाे छ ।

यस अघि पनि हिमाली गाउँपालिका वडा नं ४ रुगिन र वडा नं ६ बोल्ढीकका स्थानिय परिवार पहिरोले विस्थापित भएका थिए ।  त्यस्तै पहिरोले पुर्ण रुपले विस्थापित भएका परिवारलाई गाउँपालिकाले राहात वितरण समेत गरेको गाउँपालिकाले जनाएको छ ।
क्युडीमा विस्थापित भएका परिवारलाई गाउँपालिकाले अनुगमन गरेको गाउँपालिकाले जनाएकाे छ ।  अविरल वर्षाका कारण पहिरोपछि १२१ परिवार बिस्थापित भएको पाइएको गाउँपालिकाले जनाएको छ । बिस्थापित परिवारलाई गाउँपालिकाले आवश्यकता अनुसार राहात वितरण गर्ने पनि संयोजक पाण्डेले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार