बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश २
  • कृषि ज्ञान केन्द्र गौरका सिंह र झाको मिलोमतमा व्यापक रुपमा भ्रष्टाचार

कृषि ज्ञान केन्द्र गौरका सिंह र झाको मिलोमतमा व्यापक रुपमा भ्रष्टाचार

  • सोमवार, असार २१, २०७८
कृषि ज्ञान केन्द्र गौरका  सिंह र  झाको मिलोमतमा व्यापक रुपमा भ्रष्टाचार

मेवालाल यादव/ रौतहट — प्रदेश नम्बर २ सरकार मातहत रहेको रौतहट जिल्लाको कृषि ज्ञान केन्द्र गौरको योजना अधिकृत अशोक कुमार सिंह र नि .कार्यालय प्रमुख चन्द्र भुषन झाको मिलोमतमा व्यापक रुपमा भ्रष्टाचार गरेका हुन् ।
किसानले समयमै काम सम्पन्न गरेर सम्पुर्ण कागजातहरु सहित भुक्तानी माग जादा कर्मचारी छैन, अनुगमन गर्ने जस्ता कुरा गरेर योजना अधिकृत अशोक कुमार सिंह र नि .कार्यालय प्रमुख चन्द्र भुषन झा माथि किसानले आरोप लगायका छन् ।
जुन किसानले भुक्तानी कागजात पेश गर्नु अघि पिसि दिए भने भुक्तानी फाइल सदर हुने र न दिने किसानको फाइल बदर अर्थात अनुगमन गर्ने कर्मचारी नै छैनन् भुक्तानी कसरी दिने जस्ता कुरा काटेर दिनहुँ किसानलाई सास्ती दिने कृषि ज्ञान केन्द्र गौरको योजना अधिकृत अशोक कुमार सिंह र नि .कार्यालय प्रमुख चन्द्र भुषन झाको रबैया कायम रहेको किसानले बताए ।
भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय मातहत रहेको कृषि ज्ञान केन्द्र गौरको योजना अधिकृत अशोक कुमार सिंह र नि .कार्यालय प्रमुख चन्द्र भुषन झाले भन्छन् ‘कर्मचारी अभावको कारण किसानले गरेको काम सम्पन्नको अनुगमन गर्न समस्याले नै भुक्तानी हुन नसक्ने अवस्था आएको छ ,सवाल छ कि कर्मचारी किसानले व्यवस्था गर्ने हो ?’
कृषि ज्ञान केन्द्र गौरको योजना अधिकृत अशोक कुमार सिंह र नि .कार्यालय प्रमुख चन्द्र भुषन झाले ठाढो भाषामा प्रष्ट भने कर्मचारी अभाव छ कसरी अनुगमन हुन्छ?आफु असक्षम रहेको सकार गरेका हुन् ।
त्यसको अर्थ प्रदेश सरकारले आफ्नो मातहत रहेको कार्यालयहरुलाई अनुगमन गर्दै जस्तो किसानको बुझाइ रहेको आक्रोसित भएका थिए।
पहिलो पटक अनुमानित बजेट पत्रमा सम्झौता किसानसङ्ग गराउदै अर्को दोस्रो पटक सम्झौता गराएको जसमा जयसवाल ट्रेडर्सको भनाई पहिलो चोटीको सम्झौता अनुसार अहिले समान खरिदको भाउ वृद्धि भएकोले पहिलो सम्झौता अनुकुल समान नदिने भन्दै किसान हतोत्साहित भइ कमै समान (५)वटा लिनु अगावै १५ ठाउमा सहि छाप गर्नुपर्ने बाध्य बनेका छन् ।
दुई लागत अनुमानित पत्रमा किसान सङ्ग कृषि ज्ञान केन्द्र ,रौतहट गौरले सहि छाप गराइ असाढ दुई दिन तिन बितिन लाग्दा पहिला नै बिना पान नम्बरको किसानलाई समान मिल्दैन भन्नु आफै भ्रष्टाचार लिप्त रहेको नि .कार्यालय प्रमुख चन्द्र भुषन झाले साबित गरेको हो किसानका प्रतिनिधि अवधेश यादवले बताएका हुन।
पहिलो सम्झौता पत्रमा सहि छाप हुनु भन्दा पूर्व कृषि ज्ञान केन्द्र ,रौतहट गौरको नि .कार्यालय प्रमुख चन्द्र भुषन झाले सिफारिस गरे तर म हरेक काम छु तर अनुगमन गरेको छैन साना सिचाइ अन्तर्गत पाइप ,मोटर,इत्यादि वितरणमा कमसल समान सहित किसानलाई ललाईफुकाइ समान दिदै देखे बितिदै असार १३ गते नि .कार्यालय प्रमुख चन्द्र भुषन झा तथा योजना शाखा प्रमुख अशोक कुमार सिंहलाई फोन मार्फत गुनासो गराउदा पनि कुनै चासो न देखे पछी असार १४ गते जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा निवेदन दिए पछी कार्यालयका फाट प्रमुख र हामी किसान एवं सेक्सन औफिरको रोहबरमा कमसल समान वितरण रोकि आफ्नै कार्यालयबाट राम्रो समान वितरण गराउन सहमति भए पनि हाल्त जस्ताको त्यस्तै भ्रष्टाचार गर्न गराउन कार्यालय प्रमुख जिल्ला प्रशासन कार्यालय रौतहट गौरको निर्देशनलाई अवहेलना गर्ने गरेको प्रतिनिधि यादवले बताएका हुन। जम्मा आवेदन फार्म ४०० परेको हुदा कार्यालयले दिने १७० जना किसान अनुदान समाग्री रहेको थियो।

चर्चामा

सम्बन्धित समाचार