शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • यस्तो छ कार्तिक र मंसिरमा हुने निर्वाचनको ६७ बुँदे कार्यतालिका (सूची)

यस्तो छ कार्तिक र मंसिरमा हुने निर्वाचनको ६७ बुँदे कार्यतालिका (सूची)

  • सोमवार, असार २१, २०७८
यस्तो छ कार्तिक र मंसिरमा हुने निर्वाचनको ६७ बुँदे कार्यतालिका (सूची)

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अन्तिम फैसला गर्ने तयारी गरिरहेकै बेला निर्वाचन आयोगले भने प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । केपी ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो । सोहीअनुसार आयोगले आफ्नो कार्यतालिका सार्वजनिक गरेकाे हो ।

कार्यतालिका अनुसार असार ३१ गतेदेखि निर्वाचन अवधि प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको छ । सोही दिन दल दर्ताको लागि सूचना प्रकाशन गरिने छ । त्यस्तै, आयोगले भदौ २३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ । पहिलो चरणको उम्मेदवारको मनोनयन दर्ताका लागि असोज २० गते देखि २१ गतेसम्मको मिति तय गरिएको छ । असोज २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनको कार्तिक २६ गते मतदान हुने आयोगको कार्यतालिकामा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार