शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • बुढिगंगाकाे बह्रमताेलामा सञ्चालित जेष्ठ नागरिक शिविरमा म्याद गुज्रेको औषधी वितरण

बुढिगंगाकाे बह्रमताेलामा सञ्चालित जेष्ठ नागरिक शिविरमा म्याद गुज्रेको औषधी वितरण

  • आइतवार, असार २०, २०७८
बुढिगंगाकाे बह्रमताेलामा सञ्चालित जेष्ठ नागरिक शिविरमा म्याद गुज्रेको औषधी वितरण

बाजुरा– बुढीगंगा नगरपालिकाको ब्रह्मतोलामा संचालन गरिएको जेष्ठ नागरिक शिविरमा म्याद नाघेको औषधी वितरण गरेको पाइएको छ । शनिबार नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा  वडा नं २ र ३ वडाको समन्वय सञ्चालन भएकाे शिबिरमा म्याद सकिएकाे औषधी वितरण पाइएकाे हाे ।

ब्रह्मतोला स्वास्थ्य चौकीको सहजीकरणमा गरिएको जेष्ठ नागरिक स्वास्थ्य शिविरमा उपचारमा गएका जेष्ठ नागरिक विरामीलाई म्याद नाघेको औषधी दिएको स्थानिय तिलकबहादुर शाहले बताएका छन् । शिविरमा Calcium and Calecalciferol Tablets नामका औषधीकाे मिति जुन २०२१ सम्म भएपनि तर शिबिरमा उक्त औषधी वितरण गरेकाे पाइएकाे हाे ।

शाहा अनुसार म्याद नाघेको क्याल्सियमको औषधी पाएका शेर बहादुर शाह लगायतका तीन जना विरामीलाई नखान समेत सुझाव दिएको वताए । स्वास्थ्य शाखाको आयोजनामा गरिएको जेष्ठ नागरिक शिविरमा डाक्टर रवि लामिछानेको नेतृत्वमा विरामीको उपचार गरिएको हो । ब्रह्मतोला स्वास्थ्य चौकीमा गरिएको शिविरमा एक सय ११ जनाले उपचार सेवा लिएको थियाे ।शिविरमा मधुमेह,कोभिड–१९ को एन्टिजेन जाँच, रगत जाँच र गर्भवती महिलाको भिडियो एक्सरे चेकजाँच गरिएको थियाे ।

बुढिगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक शाहले भने शिबिरमा म्याद सकिएकाे औषधी वितरण गर्नु गल्ति भएकाे वताए । तर हामिले शिबिरका लागि पठाएकाे औषधी नभइ स्वास्थ्य चाैकीमा रहेकेा औषधी रहेकाे वताए । स्वास्थ्यकर्मिकाे गैर जिम्मेवारी कारणले म्याद सकिएकाे औषधी दिएकाे स्थानियले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार