मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • शान्ति सेवा गृह र बडिमालिका खबर द्धारा बाढीपहिरो पिडित परिवारलाइ खाद्यन्न सहयोग

शान्ति सेवा गृह र बडिमालिका खबर द्धारा बाढीपहिरो पिडित परिवारलाइ खाद्यन्न सहयोग

  • शनिबार, असार १९, २०७८
शान्ति सेवा गृह र बडिमालिका खबर द्धारा बाढीपहिरो पिडित परिवारलाइ खाद्यन्न सहयोग

बाजुरा–बाजुरामा जिल्लामा बाढीपहिरो पिडित परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । बर्षात शुरुवात सँगै बाढीपहिरो घर लगायत खतियोग्य जमिनमा क्षति पुुयाएका २८ परिवारलाई शान्ति सेवा गृहको सहयोग र बडिमालिका खबरको समन्वयमा राहत बितरण गरिएको छ ।
राहत बितरण बुढिनन्दा नगरपालिका १ मा रहेका ६ परिवार, स्वामीकार्तिक खापर गाउँपालिका ३ का १० परिवार र बडिमालिका नगरपालिका ९ अनाईमा रहेका १२ परीवारलाई खाद्यन्न सहयोग गरेको हो । बाढीपहिरो प्रभाबित परिवारलाई चामल, दाल, नुन, तेल सहयोग गरिएको बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले वताएकि छन् ।
बाढीपहिरो बाट पिडित भएर खाद्यान्न समस्या भोगिरहेका पहिलो चरणमा २८ परिवारलाई खाद्यन्न सहयोग गरेको शान्ति सेवा गृह कार्यक्रम संयोजक बिजेन्द्र कुवरले वताएका छन् । अझै बाढीपहिरो पिडित तथा खाद्यन्न अभाबमा अलपत्र परेका परिवारलाइ सहयोग गर्दै जाने उनले वताएका छन् । स्थानिय तह सँग सहकार्य गरेर सहयोग बितरण गरेको बडिमालिका खबरका लक्ष्मिराज पाध्यायले वताएका छन् ।
बाढीपहिरोका कारणले भोकले समस्या परेको जानकारी पछि जर्मन नागरिक Marianne grospietch को सल्लाह तथा सहयोगमा शान्ति सेवा गृहले सहयोग गरेको कुवरले वताएका छन् । संकटमा बेला खाद्यन्न सहयोगले ठुलो सहयोग भएको बडिमालिका ९ बस्ने अनाइ बस्ने गोरख बिकले वताए । स्वामीकार्तिक खापर गाउँपालिका ३ बस्ने धने लुवारले भएको सम्पत्ति सबै पहिरोले बगाएर समस्यामा परेका थियौ, ज्यालादारी काम गरेर परिवार पाल्ने गरेको थिए । परिवार पाल्न निकै समस्या भएको थियो । बिहाना बेलुका छाक टार्न निकै समस्या रहेको थियो, यो बेलाको सहयोगले केही समयका लागि खाद्यन्नको जोहो भएको वताए । शान्ति सेवा गृहले बाजुरामा यो भन्दा पहिला कोरोनाको संकटका बेला समस्या परेका परिवारलाइ खाद्यन्न सहयोग गरेको थियो ।
३५ बर्ष देखी Marianne grospietch बिश्वमा सामाजिक सेवा काम गर्दै आएकि छन् । नेपालमा शान्ति सेवा गृह स्थापनाको शुरुवात उनले नै गरेकि थिईन् । शान्ति सेवा गृहले बाजुरामा अलपत्र रहेका वालवालिका, उपचार नपाएर रोग पालिरहेका धेरैलाई उद्धार गरेको थियो । संस्थाले काठमाडौमो कोरोना संक्रमितलाई निशुल्क अक्सिजन सिलिन्डर, स्वास्थ्य संस्थामा स्वास्थ्य साम्रागि र अलपत्र परेकालाई खाद्यन्न सहयोग गरेको संस्थाले वताएकि कार्यक्रम निर्देशक अप्सरा कार्कीले वताईन् ।

चर्चामा

सम्बन्धित समाचार