बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • समाचार
  • किरण साहको पहलमा जिल्ला अधिकारी ईन्द्रदेव यादवले बनजराहाको डुबान क्षेत्रलाई निरीक्षण गरेका हुन्।

किरण साहको पहलमा जिल्ला अधिकारी ईन्द्रदेव यादवले बनजराहाको डुबान क्षेत्रलाई निरीक्षण गरेका हुन्।

  • शनिबार, असार १९, २०७८
किरण साहको पहलमा जिल्ला अधिकारी ईन्द्रदेव यादवले बनजराहाको डुबान क्षेत्रलाई निरीक्षण गरेका हुन्।

मेवालाल यादव/  असार १८ गते — रौतहट जिल्लाको क्षेत्र नम्बर -२ को एक मात्र बहुप्रतिभा शाली, लोकप्रिय, जनताको मनको ढुक डुकी,न मर्नेको डर न हार जितको चिन्ता सधै जनताको बीचमा रहने क्षेत्र नम्बर -२ का सांसद प्रत्याशी नेता किरण कुमार साहको पहलमा आज सम्पूर्ण टोलीले बनजराहाको डुबान क्षेत्रलाई निरीक्षण गरेका हुन। रौतहटको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, नेपाल प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाह, शस्त्र प्रहरी उपरीक्षक सुर्य सेन ओली, अनुसन्धानको एसपी, नेपाल सेनाको प्रमुख, नदि नियनत्रणका इन्जिनियर अरबिन्द साह, इशनाथ नगरपालिकाका नगर प्रमुख संतोष मेहता, वडा अध्यक्ष श्री रामबाबु यादव लगायतको टोलिले आज बनजराहाको डुबान क्षेत्रलाई निरीक्षण गरेका हुन्। भोलि देखि डुबानमा परेको घर धुरीलाइ एकिन गर्न नगर बाट एक जना नगरपालिकाको जनप्रनिधि र बनजराहाको प्रहरी चौकीबाट एक जना प्रतिनिधि राखेर बिपतमा परेकोलाई राहत उपल्ध गराउनमा जुटेका हुन्। समाग्री उपलब्ध गराउने बिपत ब्यवस्थापनको टोलिले प्रतिबद्धता जाहेर गर्नुभएको हो ।

चर्चामा

सम्बन्धित समाचार