• होमपेज
  • समाचार
  • खोलाले बगाएर बृद्ध बेपत्ता

खोलाले बगाएर बृद्ध बेपत्ता

  • शुक्रबार, असार १८, २०७८
खोलाले बगाएर बृद्ध बेपत्ता

तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा कलेस्तीखोलाले बगाएर आज एक बृद्ध बेपत्ता भएका छन् । घर नजिकै रहेको खोला तर्ने क्रममा बगाएर ८० वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका हुन् । खोलाले बगाएर बेपत्ता भएका वृद्ध नभेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । ती वृद्धको खोजीकार्य भइरहेको उनले बताए ।

चुँदीखोलाको बाढीले १२ हजार कुखुरा बगायो

जिल्लाको भानु नगरपालिका–४ मा चुँदीखोलाको बाढीले १२ हजार कुखुरा बगाएको छ । सोही ठाउँ बस्ने विनय कायस्थको नेवा कृषि तथा पशु फार्ममा रहेका कुखुरा बाढीले बगाएको हो ।

आठ हजार ब्रोइलर कुखुराको चल्ला, चार हजार लोकल कुखुरा र २१ हजार माछा बगाएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार