• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • १० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ मा बेइजिङ जाने

१० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ मा बेइजिङ जाने

  • शुक्रबार, असार १८, २०७८
१० लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ मा बेइजिङ जाने

कोरोना भाइरसविरूद्ध लगाइने खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङ जाने भएको छ। सरकारले चीनबाट १० लाख डोज खोप ल्याउने तयारी गरेको छ।

नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आगामी बिहीबार खोप लिन चीन जाने गरी तयारी गरेको बताए। ‘असार २४ गते बेइजिङ जाने तयारी गर्दैछौं। अहिलेलाई १० लाख डोज भन्ने कुरा छ। तर यसपटक तौललाई अलिक व्यवस्थापन गरेर धेरै अटाउने भन्ने पनि कुरा छ। त्यो भयो भने दुईचार लाख डोज बढी ल्याउन सकिन्छ,’ पौडेलले भने।

उनले खोप लिएर जहाज भोलिपल्टै नेपाल फर्किने बताए। चीनबाट ल्याउन लागिएको उक्त खोप ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अन्तर्गत ल्याउन लागिएको हो। जसमा कम्पनीले खोपको मुल्य खुलाएको छैन।

May be an image of text that says 'कम्प्युटर शिक्षा आजको आवश्यकता 100 % Result Oriented पंजाबको इन्फटक कम्प्युटर इन्सिच्युट बाट चार बर्ष अनुभब प्राप्त र बिगत चार बर्ष देखि बाजुरा जिल्लामा सऊचालनमा रहेको एटुजेट कम्प्युटरमा आधुनिक प्रबिधि सहित नयाँ भर्ना खुलेको र यहि असार २० गते आइतबार देखि कम्प्युटर कक्षा सजचालन हुने जानकारी गराइन्द बाजुरा नेपाल TRANMING CENTITE प्रधान कार्यलय बडिमालिका नगरपालिका 0 संचालक एबम प्रशिक्षक: :निशान्त बडुवाल GOVT.REGISTERED फो.नं: ३,एて६५६१२०੮५ पुटेके कम्रा দুর্দেন (Please Share this notice with your friends and elatives)'

नेपालले चीनबाट खोप खरिद गर्ने भनेपछि त्यहाँको कम्पनीले ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ अन्तर्गत रहेर मात्र खोप दिने भनेपछि सरकारले सोहीअनुसार सहमति जनाएको हो। अब आउने खोप कसलाई लगाउने भन्नेबारे तय भइसकेको छैन।

यसअघि भने चीनले नेपाललाई दुई चरणमा गरेर १८ लाख खोप अनुदानमा दिइसकेको छ। जसअनुसार दोस्रो चरणमा आएको १० लाख डोज खोपको पहिलो मात्रा लगाइसकिएको छ। उक्त खोपको दोस्रो मात्रा भने आगामी असार २२ गतेदेखि लगाइने भनिएको छ।

चर्चामा

सम्बन्धित समाचार