शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका मिडिया हाउसद्धारा अनाई बाउलीका बाढी पहिरो पीडितलाई सहयोग

बडिमालिका मिडिया हाउसद्धारा अनाई बाउलीका बाढी पहिरो पीडितलाई सहयोग

  • बिहिबार, असार १७, २०७८
बडिमालिका मिडिया हाउसद्धारा अनाई बाउलीका बाढी पहिरो पीडितलाई सहयोग

बाजुरा — बडिमालिका नगरपालिका ९ अनाई बाउलीका बाढी पहिरो पिडितलाई खाद्यन्न सहयोग गरिएको छ । बडिमालिका मिडिया हाउसद्धारा १२ परिवारलाई प्रति परिवार ३० किलो चामल २ किलो नून र १ पोका तेल सहयोग गरेको बडिमालिका मिडिया हाउसका प्रकाशक प्रकाशबहादुर सिंहले जानकारी दिएका छन् ।असार ८ गते रातिआएको अबिरल बर्षाका कारण मार्तडी कोल्टि सडकबाट खनेर जथाभाबीफालेको बाटोले अनाई बाउलीका जया चदारा, गोरख बिक, बिरबहादुर चदारा, ललितचदारा,टिउकी चदाराको लगाएको खेति पूरी दिएको छ । त्यसै गरी जवा चदारा, मन्धरी सुनार, किजील्वार, मायाबिक, प्रकाशबिक, धौली चदारा, पाटु लवार गरी १२ परिवारको खेति योग्यजमिन बगरमा प्ररिणत भएको छ ।
अनाई बाउलीगाउको माथिबाट मार्तडी कोल्टि सडकबाट आएको माटोले लगाएको बाली सबै सखाप गरेको र गाउको मुनीबाट बाउलीखोलाले खटान गर्न थालेपछि समस्यमा परेका परिवारले सहयोग मागेपछि बडिमालिका मिडिया हाउसले सहयोग गरेको हो ।

No description available.
बडिमालिका नगरपालिकाकी उपप्रमुख कबिता बिष्टको उपस्थितिमा राहात सामग्री सहयोग गरिएको हो । राहात सामग्री हस्तान्त्रण गर्दै नगर उपप्रमुख बिष्टले बडिमालिका मिडिया हाउसलाई धन्यबाददिएकी छन् । बाढी पहिरो पिडित परिवारको थप राहात तथा ब्यवस्थाको लागि नगरपालिकाको तर्फबाट आफु लाग्ने बताएकी छन् । मार्तडी कोल्टि सडकबाट खनेर खाएको माटोले अनाई बाउलीका किसानले रोपेका धान, मकै, तरकारी बाली पूरै पुरीएको छ । यो समस्याआफूले सुरुमै अनुुगनमा आएको यसको राहात तथा क्षेतिपूर्तीको लागि सम्बन्धि राहातपाए पछि अनाईबासीले बडिमालिका मिडिया हाउसलाई धन्यबाद दिएका छन् । राहातले अनाईबासीलाई ठुलो राहातभएको स्थानिय जवा चंदाराले बताई ।
राहातबितरण कार्याक्रमा बडिमालिका नगरपालिकाकी उपप्रमुख कबिता बिष्ट, नेपाल पत्रकार महासघ उपाअध्यक्ष पदम बहादुर सिह नेपाल पत्रकार महासघकी महिला उपाध्यक्ष संगीता तिमिल्सेना, रेडियो पौरखीका स्टेसन म्यानेजर बसन्त बिक लगाएतको उपस्थिति रहेको थियो ।

 

 

चर्चामा

सम्बन्धित समाचार