शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकामा २५ गतेबाट बिद्यालय खुल्ने

बडिमालिकामा २५ गतेबाट बिद्यालय खुल्ने

  • बिहिबार, असार १७, २०७८
बडिमालिकामा २५ गतेबाट बिद्यालय खुल्ने

बाजुरा — कोरोनामहामारीले चैत्रबाट बन्द रहेका बडिमालिका नगरपालिकाका बिद्यालयअसार २५ गतेबाट पढाई सुरु हुने भएको छ । बुधबार नगरपालिकामा बसेको बैठकले स्वास्थ्य मापदण्ड आपनाएर बिद्यालय संचालनगर्ने निर्णय गरिएको बडिमालिका नगरपालिकाकानगर प्रमुखपदम बडुवालले जानकारी दिएका छन् ।
बिहीबार जिल्ला स्थित गैररकारी सघ सस्थापत्रकार नागरिक अगुवाहरुसंग छलफल गर्दै बिद्यालयखोल्ने बिर्णय जानकारी गएका छ । बैठकमा नगरपालिकाले बिद्यालयखोल्ने निर्णय गरेको र बिद्यालय संचालनमा सरोकारवालाहरुको सहयोग गर्नु पर्ने बडिमालिका नगरपालिकाकी उपप्रमुख कबिता बिष्टले बताएकी छन् ।
छलफमा सहभागिहरुले लामो समयसम्म पढाई बाट बन्चित बालबालिकाको लागिपनिनगरपालिकाले गरेको निर्णय सकरात्मकभएको र पढाई संचालनगर्दा बिद्यालयहरुमा स्वास्थ्य मापदण्ड अनिबार्य गर्नु पर्ने बताएका छन् ।
बिद्यालय २५ गते खुल्ने निर्णय छ । यो बिचमा जिल्लाबाहिर भएका शिक्षकहरु सम्बन्धित ठाउमा आएर हप्तादिनसम्म सुरक्षित बस्नु पर्ने । नेपाल सरकारले एक बिद्यालय एक स्वास्थ्यकर्मीको अबधारण अनुरुप बिद्यालयमा प्रवेशगेटमा हेल्थ डेस्क, कक्षाहरुमा एन्टिजेन नमूना परिक्षण जस्ता स्वास्थ्य मापदण्ड अपनाएर संचालनगर्न नगरपालिकालाई उपस्थित सरोकारवालाहरुले सुुझाव दिएकाथिए ।
नेपाल सरकारले बैकल्पीक माध्यामबाट शिक्षण सिकाई गर्न भनिएको भएपनिबाजुरामा स्वास्थ्य मापदण्ड अपनाएर बिद्यालयखोल्नु भन्दाअन्यउपाए र प्रभाबकारी नभएको शिक्षकहरुले बताएका छन् । अधिल्ला बर्षको अनुुभब सुनाउदै शिक्षकहरुले टोलटोलमागएर, शिक्षण गरियो। प्रभाबकारी भएन रेडियोबाट शिक्षण गरियो प्रभाबकारी भएन टिभिबाट गरियो बाजुरा जिल्लामाप्रभाककारी नभएको बताए । भौगोलीकहिसावले दुुर्गम भएकोले सबै बालबालिकायी सबै पहुचमा नहुनभएकोले स्वास्थ्य मापदण्ड बाहेक अन्यउपाएप्रभाबकारी नभएको शिक्षहरुले बताएका छन् । बढ्ने बानी बसेकाबालबालिका त आजकालपनि बढीरहेका छन् । नपढ्ने बालबालिको लागि बिद्यालय नै खोल्नु पर्ने बताए ।
नगरपालिकाले बिद्यालयखोल्ने निर्णयको जानकारी जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्रका संयोजक प्रमुखजिल्ला अधिकारीकाअनुसार बडिमालिका नगरपालिकाले निर्णय गरेर जनाकारी गराएको छ । आजभोली नै बैठक बसेर स्वास्थ्यकर्मीको सुझाब अनुसर बिद्यालयखोल्ने नखोल्नेमा जानकारी गराउने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार