शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • शिक्षा
  • बझाङमा एक विद्यालय जिल्लाकै पहिलो तीनतारा नमुना विद्यालय घोषणा

बझाङमा एक विद्यालय जिल्लाकै पहिलो तीनतारा नमुना विद्यालय घोषणा

  • बिहिबार, असार १७, २०७८
बझाङमा एक विद्यालय जिल्लाकै पहिलो तीनतारा नमुना विद्यालय घोषणा

शिवजी मण्डेल, चैत २८/बझाङ — जिल्लाको एक विद्यालयलाई जिल्लाकै पहिलो तीनतारा नमुना विद्यालय घोषणा गरिएको छ
थलारा गाउँपालिका ७ मा रहेको भगवती आधारभूत विद्यालय लाई जिल्लाकै पहिलो तीनतारा नमुना विद्यालय चैत २८ गते शनिबार एक कार्यक्रमका बीच घोषणा गरिएको हो ।
थलारा गाउँपालिका र ग्रामीण जलस्रोत परियोजनाको सहयोगमा विद्यालयलाई जिल्लाकै पहिलो तीनतारा नमुना विद्यालय घोषणा गरिएको बताइएको छ ।

तिनतारा जिल्लाकै पहिलो नमुना विद्यालय घोषणा कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै जलस्रोत सल्लाहकार बिष्णु पोख्रेलले विद्यालयमा राष्ट्रिय लक्ष्य र गाउँपालिकाको लक्ष्य बमोजिम बालक्लब शिक्षक अभिभावकहरूलाई तालिम र कार्ययोजना बनाउँदा भगवती आधारभूत विद्यालयलाई तीनतारा नमुना विद्यालय घोषणा गर्न सकिएको बताउनुभयो ।
साथै पोख्रेलले विद्यालयको माग आधारमा बालमैत्री छात्रा मैत्री खानेपानी सौचालय र स्वच्छताका संरचना निर्माण गरिएको पनि बताउनुभयो ।
थलारा गाउँपालिका सहयोगिक संस्था जिएसटीडीएस (GSTDS) को सहयोग र आरभिडब्लूआरएम्पी ( RVW RMP)
को आर्थिक र प्राबिधिक सहयोगमा थलाराका ६ वटा विद्यालयमा नमुना विद्यालय कार्यक्रम सञ्चालन गरिएको छ ।
आफ्नो विद्यालय जिल्लाकै पहिलो तीनतारा नमुना विद्यालय घोषणा भएकोमा सहयोगी विभिन्न संघसंस्था गाउँपालिकालाई हार्दिक धन्यवादका साथै विद्यालयमा फिल्डको समस्या भएकालेे फिल्डको लागि पनि सहयोगको अपेक्षा गरेको प्रधानाध्यापक चन्द्रदेव ओझाले बताए ।
त्यस्तै आम अभिभावक र विद्यार्थी पनि जिल्लाकै पहिलो तीनतारा नमुना विद्यालय भएकोमा अत्यन्तै खुसी भएका छन् ।

जिल्लाकै पहिलो तीनतारा नमुना विद्यालय घोषणा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बझाङका प्रमुख खडक बहादुर खड्का थलारा गाउँपालिका अध्यक्ष भूवनेश्वर उपाध्याय बिशिस्ट अतिथि र नेपाल स्थित फिनल्यान्ड फिल्ड विज्ञ श्री ईरिक बिशेष अतिथि रहनु भएको विद्यालयका प्रधानाध्यापक चन्द्र देव ओझाले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार