बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • जातिय मुक्तिको लागि आफु मुक्त हौँ!

जातिय मुक्तिको लागि आफु मुक्त हौँ!

  • बिहिबार, असार १७, २०७८
जातिय मुक्तिको लागि आफु मुक्त हौँ!

सुरेशकुमार पान्डे — हामिले सदैभरी आर्कालाई दोश दिएर आफु चोख्खिन गोजेका हुन्छौ।हामि सबैले गरेको गलतिको जिम्मा लिएर अब नगर्ने हो भने जातिय मुक्ति,असमानता माथि विजय पाउँन सक्छौँ।एउटाले आर्कालाई कोस्ने ब्यबहारले हामिलाई एउटा जाति सँग आर्को जातिलाई लडाउँछ र देश सम्प्रकदायिक र अराजकता तिर जान्छ।एकजना सच्चा देशभक्त र मानवतावादीको क्रतब्य जातिय द्धौन्धलाई रोक्नु हो र हुनुपर्छ।कतिपय साथिहरुलाई लाग्छ दलित र क्षेत्रि बाहुनको बिचको लडाई यो गलत सोचहो।जातिय बिभेद दलित भित्रपनि छ अनि जनजातिहरुको बिचमा पनि देखिन्छ।बाहुन र क्षेत्रिहरुको बिचमा पनि भेट्टिन्छ।
दलित मित्रहरुको कयौँ सोशिल मिडिया खासगरेर फेशबुकमा स्टाईसहरु आउँछन उँहाहरुले लेख्दा खालि क्षेत्रि बाहुँनलाई निशाना बनाएर लेख्नु हुन्छ।कथित जनैधारी हरुनै दोशिछन भन्नुहुन्छ।
तर उँहालहरुले त्यो बाहुँनको बारेमा पनि लेख्नु पर्नेहो जो आजिवन जातिए समानताका लागि शंघर्श गर्दै आएकोछ।वास्तबिक रुपमा दलितहरुको आन्दोलनलाई दिशा निर्देश गर्ने त्यो आन्दोलनको सफलताको लागि आर्थिक भौतिक र नैतिक सहयोग दिनेहरु पनित छन।त्सकारणले गर्दा पनि बर्गशंघर्षको आबस्याकतालाई पुष्टीगर्छ।
सबै बाहुन क्षेत्रि एकैनाशे छैनन् त्यस्तै सबै दलितहरुपनि एकैनासे छैनन्।यो त मात्र मानिशहरुको बुझाईहो,वास्तबिक अर्थमा राज्याले दलितहरुलाई कोटा दिएर जातिए रेखाङ्कित गय्रो।बरु साँचै भन्नेहो भने यो असमानको बिस्तारै ठुलो खाडल बन्नेछ।हामिले जातिका लागि होईन बर्गका लागि लड्नु परेकोछ।
गरिबहरु जुनसुकै जातका भएपनि अन्यायमा परेकाछन शोषित पिडित हुँन उनिहरुको मुक्तिका लागि शंघर्ष गर्नु पर्छ भन्ने हामिलाई लाग्छ।
हाम्रो समाजमा सदियौँ देखि जातिय बिभेद रहँदै आएकोछ।त्यसपछि पनि जयस्थिति मल्लको पालमा त्यसलाई ब्यबस्थित गर्ने बहानामा झन कडा पारियो।करिब वि.स.१४३८देखि १४५२सम्म १४बर्षको शासनकालमा जयस्थिति मल्लले कीर्तिनाथ उपाध्य,कान्यकुञ्ज,रघुनाथ झा,रामनाथ झा,श्रीनाथ भट्ट जस्ता त्यो बेलाका बिधवानहरुको सहायताले निम्न कथित सुधारहरु गरेका थिए।
१जात अनुसार मानिसहरुले बनाउँने घरको ढाँचा तोके/कथित तल्लो जातका मानिशहरुले झिगंटिले छाएको इँटाको गाह्रो भएको घर बनाउँन नपाउँने भए।त्यसलाई समाजले मिच्दै आएकोछ दलितहरुले ठुला ठुला बिल्डिंग बनाएका पनिछन।
२जग्गाको गुणका आधारमा जग्गालाई अवल,दोएम,सिम,चाहार गरी चार भागमा बाँडे।
३जातिपातिको विभाजन अब्यबस्थित भएकोले जाती बिभाजन निश्चित गरी प्रत्येक जातले गर्नेकामको बारेमा निश्चित नियम बसाए।४न्याय ब्यबस्थामा सुधार ल्याउँन कानून् आयोग गठन गरी न्याय शास्त्रको पुस्तक तयार गर्न लगाएका थिए।५दण्ड ब्यबस्थामा शुधार गरी साररिक दण्डको सट्टा आर्थिक दण्डको समेत ब्यबस्था गरे।
६पशुपती आर्याघाटमा लवकुश सहितको राम मन्दिरको स्थापना ललित पतनको कुम्भेश्वर मन्दिर निर्माण,गोरखनाथ र गोकर्णेस्वरको पुजाको चलन चलाउँने जस्ता धार्मिक काम गरे।
यिनले “रामाङ्क नाटिका”र “भैरवान्द”नाटक लेखाई मञ्चन गराएका थिए।यिनि मनुवादी बिचारधाराका कटर थिए।मनुवादी शास्त्रनुसार चनतामा धार्मिक बिचारलाई लाध्ने प्रयात्न गरेका थिए।
जातिय बिभेदलाई बुझ्न यसको गहिराईमा पुग्नुपर्छ यदि जातिय द्दौन्द्धको सुरुवात भयोभने यो सबैभन्दा निर्दयि र सयौँबर्ष सम्म पुस्तौँ पुस्ता समनि सकिदैन।अहिले भारतमा हिन्दुर मूश्लिमको मुद्धा मुद्त बाट सकिएकोछैन।जस्ले भारतबाट पाकिस्तान र पाकिस्तान बाट बाङ्गलादेश लाई जन्मायो।
यिराकमा मूश्लिम बिच सिया र शुन्निहरुको बिचमा चलेको मुद्धा सकिएकोछैन।यसलाई बल पुर्वकहोईन समाजलाई सचेत गरेर मात्र जातिय बिभेदको अन्त्य गर्न सकिन्छ भन्ने मलाई लाग्छ।यसको पहिलो बिषयनै बर्गिय एकताले मात्र जातिय बिभेदलाई न्याय गर्न सक्छ।दलित जातिहरुलाई आरक्षाणले झनै गहिरो खाडल खन्ने निश्चितछ।
हाम्रा कयौँ पुराना साथिहरु अत्यान्तै छिट्टो जातियताको अन्त्य गर्न चाहानु हुन्छ।त्यो आफुले चाहेर मात्रहुँदैन बरु आफुले आफुलाई जातिय छुवाछुतको अन्त्य गर्न ब्यबहारिकता प्रदान गरौँ तब मात्र आर्कोले गर्नेछ।हामिसबैको लागि सिङ्गो देशको लागि जातिय बिभेदले नोक्साननै पुराएखोछ यसको अनत्य गरेर एउटा शुन्दर समाजको निर्माण गरौँ एक आर्काले हातेमालो गरेपछि जातिय छुवाछुछुत समाप्त हुन्छ भन्ने मलाई लाग्छ।

चर्चामा

सम्बन्धित समाचार